खजुरा : भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप), अक्सफाम नेपालको साझेदारीमा सन्चालित स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत घरायसी कार्यमा पुरुषको सहभागिता विषयक माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितमा मैटहवा माबिका निजामुद्धिन अली बागवान प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसै गरि दोश्रो स्थानमा मैटहवा माविका पे्ररणा पुन, तेश्रो स्थानमा मैटहवा माविका रविना थापाले प्राप्त गरेकी छिन् । सो निवन्ध प्रतिस्पर्धामा विजयी प्रतिस्पर्धीहरुलाई क्रमशः प्रथमलाई अक्सफोर्ड डिक्सनरी १ थान, १ दर्जन कापी र १ दर्जन कलम,दोश्रोलाई १० थान कापी र १० थान कलम,तेश्रोलाई ८ थान कापी र ८ थान कलम पुरस्कार मैटहवा माविका सहप्रधानाध्यापक बेद प्रकाश जोशी, शिक्षक शेरसिह थापा, मनप्रसाद रेग्मी र बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्गले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।
सो निबन्ध प्रतियोगिता कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि मैटहवा माविका सहप्रधानाध्यापक बेद प्रकाश जोशीले आगामी दिनहरुमा पनि अतिरिक्त कृयाकलापहरु विद्यालय तहमा सन्चालन गर्नु पर्ने सुझाव दिनुभयो ।
साथै उहाँले विद्यार्थीहरुले समाजमा लैङ्गिक समानता कायम गर्नमा समाजमा अहम भुमिका खेल्न सक्ने हुदाँ यस्ता कृयाकलाप निरन्तर हुुनु पर्नेमा जोड दिनुभयो ।










