खजुराका किशोरीहरुलाई साइबर कानुनबारे प्राविधिक तालिम प्रदान

खजुरा गाउँपालिकाका किशोरीहरुलाई प्रविधिको सुरक्षित प्रयोग र साइबर कानुनबारे प्राविधिक तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले आयोजना गरेको २ दिने तालिम माघ १२ मा सम्पन्न भएको छ ।

प्रशिक्षक तिलक गाहा मगरका अनुसार तालिममा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट हुने फाइदा, इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षा, साइबर अपराध, गुनासो, उजुरी तथा जाहेरी गर्ने स्थान र साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको थियो । त्यसैगरी महत्वपुर्ण वेभसाइटहरुको बारेमा, इमेल आइडी निर्माण, ईमेल कसरी गर्ने र उत्तर कसरी दिने, इमेलका सामग्री कसरी डाउनलोड गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो ।

त्यसैगरी फेसबुक आइडी, फेसबुक पेज, फेसबुकमा प्राइभेसी सेटिंग, जुम, युट्युब च्यानलमा भिडियो अपलोड गर्ने, ब्लग र अनलाइन मिडियामा समाचार पोस्ट गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । स्याक नेपाल बाँके र प्लान इन्टरनेशनल नेपालको सहयोगमा खजुरा गाऊँपालिका वडा नं. ३ मा गठन भएको लगनशिल किशोरी क्लवकि कोषाध्यक्ष चेतना क्षेत्रीले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाउनुको साथै साईबर कानुन बारे पनि जानकारी पाएको बताइन् ।

त्यसै गरि सोहि किशोरी क्लवकि अध्यक्ष मन्जु थापा मगरले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने ? साईबर अपराधको उजुरी कहाँ गर्ने, भन्ने बारे ज्ञान पाएको बताइन् । स्याक नेपालको खजुरा गाऊँपालिकाका फिल्ड सुपरभाइजर कल्पना आचार्याले तालिममा खजुरा गाऊँपालिकाको आठ वटै वडामा गठित किशोरी क्लबका पदाधिकारी तथा सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको जानकारी दिनुको साथै यस तालिम लिए पश्चात सहभागी किशोरीहरुले इन्टरनेटको प्रयोग गर्दा सुरक्षित तरिका बाट प्रयोग गर्न सक्ने कुरामा समेत विश्वस्त रहेको बताउनु भयो ।

बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।

साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया