अमर माविमा निबन्ध प्रतियोगिता सम्पन्न

खजुरा : भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप), अक्सफाम नेपालको साझेदारीमा सन्चालित स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत घरायसी कार्यमा पुरुषको सहभागिता विषयक माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा अमर माबिका शान्ति पौडेल प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

त्यसै गरि दोश्रो स्थानमा अमर माविका रचना बुढाथोकी, तेश्रो स्थानमा अमर माविका लवकुश रैदाशले स्थान प्राप्त गरेका छन् । सो निवन्ध प्रतिस्पर्धामा विजयी प्रतिस्पर्धीहरुलाई क्रमशः प्रथमलाई अक्सफोर्ड डिक्सनरी १ थान, १ दर्जन कापी र १ दर्जन कलम,दोश्रोलाई १० थान कापी र १० थान कलम,तेश्रोलाई ८ थान कापी र ८ थान कलम पुरस्कार अमर माविका प्रधानाध्यापक बाबुहरि गौतम, शिक्षक भवानी प्रसाद चपाई, अम्बिका खनाल र बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्गले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।

सो निबन्ध प्रतियोगिता कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि अमर माविका प्रधानाध्यापक बाबुहरि गौतमले विद्यालय तहमा अतिरिक्त क्रियाकलापहरु भएमा विद्यार्थीहरुको चौतर्फी विकास हुुने बताउनुभयो ।

साथै उहाँले बि–ग्रुपले विद्यालय तहमा यस्ता सचेतनामुलक कार्यक्रम आगामी दिनहरुमा सन्चालन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया