डेक नेपालद्धारा खजुरामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्ज : किशोरी सशक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तरर्गत खजुरामा पालिका स्तरीय समन्वय बैठक गरिएको छ । अपाङ्ग सशक्तिकरण एवं संचार केन्द्र (डेक नेपाल)को आयोजनामा गरिएको समन्वय बैठकमा सहभागिहरुले किशोरीहरुको विद्यालय शिक्षामा पहुच पुगाउन पालिका संगको सहकार्य आवश्यक रहेको जोड दिएका थिए ।

समन्वय बैठकमा डेक नेपालद्धारा खजुरा गाउँपालिका भित्र संचालित कार्यक्रम र त्यसले पारेको प्रभावका बारेमा जानकारी गराइएको थियो । खजुरामा रहेका अपाङ्गता भएका किशोरिका लागी निः शुल्क शिक्षा, स्वास्थ्य उपचार सेवा प्रदान गर्न आवश्यक रहेको बैठकमा बोल्ने बक्ताहरुले जोड दिए । समन्वय बैठकमा आगामि क्रियाकलापका बारेमा पनि छलफल भएको थियो ।

खजुरामा हाल सञ्चालनमा रहेका ६ वटा विद्यालयलाई बढाएर सबै विद्यालयमा सेवा पुगाउन आवश्यक पहल गर्न जरुरी रहेको सहभागिले बताए । जसका लागी गाउँपालिका समन्वय र सहकार्य गर्न तयार रहेको शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले बताए ।

पालिका समन्वय बैठकमा डेक नेपालका प्रवन्धक जिवन गिरी, खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, कार्यापालिका सदस्य, वडा सदस्य, शिक्षक, शिक्षिका लगाएत डेक नेपालका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया