नेपालगन्ज : बाँकेमा चिसो धेरै नै बढेपछि नेपालगन्ज र कोहलपुरमा तिन दिनका लागी विद्यालय बन्द गरिनेभएको छ । चिसोका कारण बालबालिकाहरु विरामि पर्न थालेपछि विद्यालय तिन दिनका लागी बन्द गरिएको हो ।
आज नेपालगन्ज उप महानगरपालिका र कोहलपुर नगरपालिकाको शिक्षा शाखाले एक सुचना जारी गर्दै मौसमको अवस्थालाई हेर्दै १९ गते देखि २१ गतेसम्मका लागी विद्यालय बन्द गरिन लागेको जनाएको छ ।
सुचनामा तिन दिन सम्मपनि घाम नलागेर झनै चिसो बढेमा २३ गते शुक्रबार सम्म विद्यालय बन्द गर्ने गरि उल्लेख गरिएको छ ।












