खजुरा : नेपालकै दोस्रो ठूलो क्यान्सर अस्पतालका रुपमा परिचित सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालले दिवशका अवसरमा आन्तरीक ब्याडमिन्टन प्रतियोगिता, पालिकास्तरीय वक्तृत्वकला सम्पन्न गरेको छ ।
अस्पतालले क्यान्सर दिवसको अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक कृष्णप्रसाद अधिकारीले अस्पतालले दिवशका अवसरमा गत मंगलबार पालिकाभित्र रहेका पालिकास्तरीय विद्यालय वक्तृत्वकलापनि आयोजना गरेको थियो । अस्पतालले ‘क्यान्सर रोग र यसको न्यूनीकरण तथा उपचारमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भूमिका’ शिर्षकमा माविस्तरमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीबीच वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो ।
साथै दिवशकै अवसरमा गत सोमबार अस्पतालले अस्पतालभित्रका कर्मचारी, स्वास्थ्यकर्मीलगायतबीच ब्याडमिन्टन प्रतियोगिता पनि सम्मन्न गरेको थियो । दिवशका अवसरमा अस्पताल परिषरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालले वक्तृत्वकला र ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ठ भएकालाई समान्नपत्र र नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।
वक्तृत्वकलामा ज्ञानोदयकि नमूना माविकी छात्रा दीपशिखा भण्डारी प्रथम भएकी थिइन् । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । साथै वक्तृत्वकलामा द्वीतिय, तृतिय र सान्त्वना क्रमशः गुँरास चायल्ड एकेडेमीकी मात्रुकासिंह ठकुरी, धुर्वतारा माविकी आशिका अर्याल र जनता नमूना माविकी करुणा खत्री भएका थिए । उनीहरुले क्रमश ः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गरे ।
पुरस्कृत व्यक्तिहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, अस्पताल विकास समितिका अध्यक्ष भत्तबहादुर केसी र अस्पतालमा निर्देशक कृष्णप्रसाद अधिकारीले पुरस्कार प्रदान थिए । दिवशका अवसरमा आयोजित कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रअ एवम् शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।










