नेपालगन्ज : बाँकेका चार श्रोत कक्षामा अध्ययनरत ४३ जना बिद्यार्थीहरुका लागि झोला तथा स्वच्छता सामाग्रि वितरण गरिएको छ ।
युएसएआइडी को आर्थिक सहयोगमा एच.आइ नेपाल र विश्व शिक्षाको साझेदारीमा डेक नेपाल बाँके द्धारा सन्चालित सबैका लागि पढाइ परियोजना अन्तरगत ४ वटा विद्यालयका श्रोत कक्षामा अध्ययनरत बालबिकास देखि कक्षा ३ सम्म अध्ययनरत बिद्यार्थीहरुलाइ सामाग्री वितरण गरिएको हो ।
विहिवार खजुराको श्री आर्दश आधारभुत विद्यालयको बहिरा श्रोत कक्षामा अध्ययन गर्ने वालवालीकाहरुलाइ सामाग्री हस्तान्तरण गर्दै खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकविर सुनारले आवासिय रुपमा विद्यालयमै वसेर अध्ययन गर्ने बहिरा बालबालीकाहरुका लागि विगत देखि नै आफु संवेदनशिल भइ सहयोग गरि रहेको बताए । विद्यार्थीलाइ गरिएको सहयोग राम्रो रहेको भन्दै उनले आगामी दिनमा सहयोग गर्दा उनीहरुको आवश्यकता वुझेर सहयोगका काम गर्न सुझाव पनि दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर वलीले बहिरा बालबालिकाहरुका लागि सबै क्षेत्रबाट मिलेर सहयोग भएको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग विद्यालयमा दिन आग्रह गरे । उनले कोभिडको असर बाट अपाङ्गता भएका बालबालिकाहरुलाइ बचाउनका लागि यस्ता सामाग्रीले सहयोग पुग्ने बताए ।
बाकेका सामुदायिक विद्यालयहरुले सन्चालन गरेको श्रोत कक्षामा वालवीकास देखि ३ कक्षा सम्म अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीहरुका लागि कोभिड १९ सहायताका लागि विद्यालय लाने झोला र स्वच्छता सामाग्री सहयोग गरिएको परियोजना संयोजक गोविन्द फुलाराले जानकारी दिए । आगामी दिनमा पनि विद्यालयहरु सगं सहकार्य गरेर थप कायक्रम सन्चालन गर्ने उनको भनाइ छ ।
कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, विद्यालयका प्र.अ देउमति थापा, विद्यालयका श्रोत शिक्षक रमा थापा , डेक नेपालका पैरवी अधिकृत दिपा थापा, सबैका लागि पढाइ परियोजनाका समावेशि शिक्षा अधिकृतहरु उमा चौधरी र सन्तोष पुलामि लगाएतको सहभागिता थियो ।
यस अघि परियोजनाले दहित आधारभुत विद्यालयको श्रोत कक्षामा अध्ययन गर्ने ११ जना बिद्यार्थीहरुलाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लट्टुलाल थारुको अग्रसरतामा सामाग्रि वितरण गरिसकेको छ भने त्रिभुवन माविमा प्रध्यानाध्यापक देवका वस्नेत थापाको अग्रसरता श्रोत कक्षाका ३ जना बिद्यार्थीहरुलाइ सामाग्री वितरण गरिएको छ यस्तै लग्दवा मावि नेपालगंजको बहिरा श्रोत कक्षामा अध्ययन गर्ने ३ जना बिद्यार्थीहरुलाइ पनि विव्यस अध्यक्ष र प्र.अको सहभागितामा सामाग्रि हस्तान्तरण गरिसकेको परियोजनाले जानकारी दिएको छ ।
सहयोग गरिएको सामाग्रीहरुमा स्कुल झोला, सेनिटाइजर, माक्स, तौलीया, हात धुने साबुन, लुगा धुने साबुन, साबुन राख्ने बक्स, दात माझने मन्जन र ब्रस, नङ्गकटर, काइयो लगाएत रहेको छ ।










