एनएमसीमा आजबाट खेल सप्ताह सुरु

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालको बिबिएस कार्यक्रममा उत्कृष्ट नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको नेपालगन्ज क्षेत्रकै नम्बर १ बिबिएस क्याम्पस हो नेपालगंज बहुमुखी क्याम्पस ( एनएमसी) ।

शिक्षामा मात्रै होइन विद्यार्थीहरुलाई खेलतर्फ पनि
अग्रसर गराउनुपर्छ भन्ने मनसायले आज(शनिबार ) देखि एनएमसीले खेल सप्ताहको पनि शुरुवात गरेको छ।

खेल सप्ताहको दौरानमा क्रिकेट,फुटसल, ब्याटमिन्टन,चेस र कबड्डी गरी पाँच खेल खेलाईने क्याम्पसले जनाएको छ। आज खेल सप्ताहको उद्घाटन दिनमा क्रिकेटका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन्। पहिलो सेमिफाइनल खेल प्रथम बर्ष सेक्सन ए र रेष्ट टिमबीच भएको थियो।

प्रथम बर्ष सेक्सन ए ले रेष्ट टिमलाई ६० रनले पराजीत गर्दै फाईनल पुग्ने पहिलो टिम बनेको छ। टस जितेर पहिले ब्याटिङ गरेको प्रथम बर्ष सेक्सन ए टिमले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। सलमान खान, सन्देश के.सी. दिलिप शाही,रियाज श्रेष्ठ,सागर पौडेल जस्ता उत्कृष्ट ब्याट्सम्यानले भरीएको प्रथम बर्ष सेक्सन ए टिमलाई रेष्ट टिमका प्रकाश रेग्मी र ईरफान खानको उत्कृष्ट बलिङले ९५ रनमै रोखेको भएतापनि कमजोर ब्याटिङका कारणले गर्दा रेष्ट टिमले खेल गुमाउन पुगेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको रेष्ट टिमले ६.५ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्रै बनाउन सक्यो। ३५ रन बनाउनुका साथै ३ बिकेट लिएका प्रथम बर्ष सेक्सन ए टिमका सागर पौडेल म्यान अफ दि म्याच हुन सफल भएका छन्।

यसैगरी प्रथम बर्ष सेक्सन सी र दोस्रो वर्ष सेक्सन सी का बिचमा भएको दोस्रो सेमिफाइनल खेलमा दोस्रो वर्ष सेक्सन सी ले १० विकेटले खेल आफ्नो पक्षमा पारी फाईनल पुग्ने दोस्रो टोली बन्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको प्रथम बर्ष सेक्सन सीले दिएको ६६ रनको लक्ष्यलाई बिजेता टिमले ५ ओभरमै बिना कुनै क्षति पुरा गरेको थियो। प्रथम वर्ष सेक्सन सीको ब्याटिङलाई सौगात शाहले लगभग एक्लैले सम्हाल्ने प्रयास गरेपनि दोस्रो वर्ष सेक्सन सीका मोहन थापाले ३ तथा राजन शाही,अोम प्रताप सिंह र मित्र बोहोराले समान २/२ बिकेट लिने क्रममा गरेको उत्कृष्ट बलिङको नमुना सामु साहको प्रयास खेर गएको थियो।

बिजेता टिमलाई उत्कृष्ट जित दिलाउन टिमका दुबै ओपनर ब्याट्सम्यान राजन शाही र क्षितिज थापाले ब्याटिङको अद्भभुत नमुना पेश गरेका थिए। २ गगनचुम्बी छक्काका साथ १५ बलमै ३७ रन बनाएर राजन शाही खेलको म्यान अफ दि म्याच हुन सफल भए। शाहीले २ बिकेट लिन पनि सफल भएका थिए। बिद्यार्थीको सर्वपक्षीय बिकाशको लागि कुनै कसर बाँकी नछाड्ने क्याम्पस प्रशासनले जनाएको छ। क्रिकेटको फाईनल खेल सहित अन्य खेलहरु आगामी दिनमा जारी रहने छन्।

प्रतिक्रिया