एनएमसी खेल सप्ताह : दोस्रो दिन आइतबार क्रिकेटको फाइनल खेल सम्पन्न

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको बिबिएस कार्यक्रमा उत्कृष्ठ नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस क्षेत्रकै नम्बर १ बिबिएस क्याम्पस नेपालगंज बहुमुखी क्याम्पस ( एनएमसी) ले हिंजो देखि शुरुवात गरेको खेल सप्ताहको दोस्रो दिनमा आज क्रिकेटको फाइनल खेल सम्पन्न भएको छ।

प्रथम बर्ष सेक्सन ए र दोस्रो वर्ष सेक्सन सि का बिच भएको फाइनल खेल बिहान ८ बजेदेखि शुरु भएको थियो। दोस्रो वर्ष सेक्सन सि ले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा पारीको शुरुवात अघिल्लो दिनको जस्तो उत्कृष्ट तरीकाले गर्न सकेन। प्रथम वर्ष सेक्सन ए का बलर सुरेन्द्र ले पाँच विकेट लिने क्रममा दोस्रो वर्ष सेक्सन सि का दुबै ओपनरलाई‌ पेभेलियन पठाएका थिए।‌

बिजेता टिमका मध्यक्रमका ब्याट्सम्यान ओम प्रताप सिंह र मित्र बोहोराले सुझबुझका साथ ब्याटिङ गर्दै टिमको स्कोर लाई गती दिएका थिए। प्रथम बर्ष सेक्सन ए का बलर र दोस्रो वर्ष सेक्सन सि का ब्याट्सम्यानको बिचमा प्रतिस्पर्धात्मक जुहारी चलेको खेल हेर्दा दुबै टिमका समर्थक विद्यार्थीहरु रोमान्चित हुन पुगेका थिए।

मध्यक्रममा मित्र,ओम,मोहन, रोशन र सुगम तथा पुछारमा जनक र हरीषले सुझबुझका साथ लिएको एक एक रनले टोलीको स्कोरलाई १०० भन्दा माथि पुर्याएको थियो। निर्धारित १६ ओभरमा उत्कृष्ट ब्याट्सम्यानले भरिएको दोस्रो बर्ष सेक्सन सि लाई १०४ रनमै रोख्ने क्रममा प्रथम वर्ष सेक्सन ए का सुरेन्द्र,सागर,रियास,दिलिप तथा सन्देशले उत्कृष्ट बलिङको नमुना पेश गरेका थिए।

१०५ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको प्रथम वर्ष सेक्सन ए टिमलाई १४.५ ओभरमै ६६ रनमा विपक्षी टिमले अलआउट पारेको थियो।‌खेलको म्यान अफ दि म्याच उत्कृष्ट बलिङ गरे बापत पराजित टिमका सुरेन्द्र लाई दिइएको घोषणा गरिएको थियो। म्यान अफ दि टुर्नामेन्ट बिजेता टिमका राजन शाही हुन सफल भए। अब भोली फुटसलका क्वाटरफाइनल र सेमिफाइनलका खेल सम्पन्न हुने जानकारी क्याम्पसले दिएको छ।

प्रतिक्रिया