रामु ओली, नेपालगन्ज : बिहानै उठे पछिको पहिलो पेय पदार्थ चिया । हाम्रा लागि चिया केवल एउटा (चिया) पेय पदार्थ मात्र होइन, एउटा भावना पनि हो । भावना साटासाट गर्ने एउटा माध्यम हो अनि चिया एउटा संस्कार पनि । पाहुना आउँदा, पाहुना जाँदा चिया टक्राउनु र चियाबाट नै सत्कार सुरु गर्नु हाम्रो परम्परा बनिसकेको छ ।
बजारमा अनेकथरी चिया छन् । चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । भानिन्छ पानीपछि धेरै पिइने भनेको चिया नै हो , त्यसैमा नेपालगन्जमा अहिले चियाको नयाँ लहर चलेको छ । थरिथरिका चिया पाउनु र त्यस्ता चियामा नेपालगंजिया लोभिनु नौलो कुरो होइन ।
केहि बर्ष अगाडी मात्रै भित्रीयको मट्कामा चिया पस्कने र चिया पिउने प्रचलन एकाएक बढे संगै नेपालगंजमा चियाको भेराइटी भित्रीयको छ भन्दा फरक पर्दैन ।

सामान्यतया चियामा हामीले ब्ल्याक टि, मिल्क टि, जिन्जर टि वा त्यसमा बिभिन्न फेलेवर मिक्स गरेर तयार गरिएको चिया पिउदै आएका छौ, तर समय र नेपालगन्जजिया चिया प्रतिको लगाव संगै नेपालगन्जमा चियाको स्वाद, पस्कने भाडो संगै चिया तयार गर्ने फरक फरक तरिका समेत प्रचानामा आएको छ र त्यस्ता नयाँ प्रयोगले चिया पारखीलाई समेत लोभ्याएको छ ।
नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।
चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकारहरू बताउँछन् ।कतिपय चिया पारखीहरू त नेपालको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ठ रहेको विश्वास गर्छन् । त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ ।त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो

भिन्टेज कलेज नेपालगंजका प्रिन्सिपल गजेन्द्र मल्लले चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएको बताउछन । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जनेका छैनौ । यहाँसम्मकी हामीलाई चिया कसरी बनाइन्छ भन्ने पनि थाहा छैन ।’
नेपालगन्जमा हाल ५-६ प्रकारका चियामात्र पाउने प्रिन्सिपल मल्लले बताए । तर चियालाई नयाँ भेराइटीको रुपमा धेरै प्रकारको चिया र त्यसमा स्वाद दिन सकिने जिकिर गर्छन जस्तै रोज म्यारी, रोज टी, कावा, ह्वाइट टी आदि ।
यता नेपालगंजको बागेश्वरी क्युएफएक्स परिसर भित्र तन्दुरी चाय नामले तन्दुरी चियाको स्टल सुरु भएको छ, जसले नेपालगंजका चिया पारखीको मन लोभ्याउन सफल रहेको छ । चियामा गडी लगायत मसलालाई भट्टीमा पोलेर तयार गरिने तन्दुरी चियाको स्वाद नेपालगंजको लागी नौलो हो, पत्रकार खगेन्द्र दाहालले बताए ।
उनले तन्दुरी चियालाई मट्का भाडामा पस्कने र उक्त चिया पिएर खालि भएको मट्कालाई टि स्टल सज्जाको काममा प्रयोगमा ल्याइएकोले पनि उक्त टि स्टल परम्परागत चिया पिउने र चिया पिउने मनोभावलाई लोभ्याउन सफल छ ।

चिया पिउन र चियाकै स्वाद लिनलाई त्यहाँ सम्म पुग्ने गरेका चिया पारखीको लागि उक्त स्थान सेल्फी खिच्न समेत उपयुक्त स्थान भएको छ ।
उसो त स्वादको लागि नेपालगन्जको बिपी चोकमा मट्का चिया, नेपालगन्ज नर्सिङ होम अगाडिको चिया गफ र चारबाहिनी अगाडी रहेको टि स्टलका आफ्नै स्वाद र चियाको विशेषता रहेको छ।
तामाको भाडोमा चिया तयार गरेर पस्कने हुँदा चियाको स्वादमा फरक रहने जिकिर चिया पाराखिको छ । उता नर्सिंग होम अगाडी चिया गफको नामले खोलिएको टि स्टल युवा पुस्तामा आफैमा चर्चित थियो तर कोरोना कहर संगै उक्त चिया गफ संचालनमा छैन , तर चिया गफमा चिया पारखीले कालो तथा सेतो चियाको अनेकन र मसलादार चिया हाजमोला चिया लगायतका चियाको स्वादमा राउने गर्दथे ।












