नेपालगन्ज : कुषि उत्पादनको प्रर्बद्धन र बजारिकरणको मुख्य समस्या नै खुल्ला सिमा रहेको किसानहरुले बताएका छन । भारतबाट सस्तोमा कृषिका उत्पादनहरु भित्रिदा स्थानिय उत्पादन विकाउनका लागि धौ धौ हुने गरेको भन्दै खुल्ला सिमानाको समस्या समाधान गर्नु पर्ने सुझाव किसानहरुले दिएका हुन ।
कृषि ज्ञान केन्द्र बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको वार्षिक योजना तर्जुमा तथा कार्यशाला गोष्ठिमा उपस्थित सहभागिहरुले मौसमी तरकारीको बजारीकरण हुन नसक्दा उत्पादनले उचित मुल्य पाउन नसकेको गुनासो पोखेका थिए । विउ, मल, सिचाईमा पुर्ण रुपमा अनुदान दिने हो भने कृषि उत्पादन वढाउन सकिने र उत्पादनको बजारिकरण गर्न सक्ने हो भने कृषिको सहाराले आर्थिक क्रान्ति गर्न सकिने किसानहरुको भनाई छ ।
गोष्ठिमा जिल्ला समन्वय समितिका सभापति अजय कुमार श्रीवास्तबले भौतिक पुर्वाधारले मात्रै समाजको विकास हुन नसक्ने भन्दै सामाजिक विकास हुन जरुरी रहेको बताए । कृषि उत्पादनमा किसानलाई सहयोग गर्ने हो भने उत्पादनले बाँकेलाइ पुग्ने उनको भनाइ छ । किसानले खेती गरेको उत्पादन खाद्य संस्थानमा बिक्रि गर्न नपाउने जस्ले गर्दा सस्तोमा बजारमा व्यापारी सगं बिक्रि गर्न परेको र उचित मुल्य पाउन नसकेको श्रीबास्तबले बताए ।
शित भण्डारणको अभाव पनि किसानले झेल्न परेको भन्दै उनले ८ वटा स्थानीय निकायले चाहे एकै वर्षमा ४ वटा भण्डारण निमार्ण गर्न सकिने बताए । उनले जन प्रतिनिधिलाई यस बारेमा जिम्मेवार बनाउन आवश्यक रहेको पनि बताए । उत्पादन किसानको फाइदा विचौलीयाले लिइ रहेका छन व्यापारी र किसानको सिधा सम्बन्ध हुने हो भने किसानले उचित मुल्य पाउन सक्ने सुझाव पनि श्रीवास्तबले दिए ।
गोष्ठिमा कृषि ज्ञान केन्दञ्का प्रमुख सागर ढकालले बजारिकरणको क्षेत्रमा काम गर्न चुनौतीपुर्ण रहेको बताएका थिए । बजारिकरणको लागि खुल्ला सिमा समस्या समाधान सगंै सहकारीहरुसगं समन्वय हुन जरुरी रहेको बताए । व्यापारी र किसानको साझेदारिमा उत्पादन गर्न सक्ने हो भने फाइदा दुवै पक्षलाइ हुने भन्दै प्रमुख ढकालले किसानलाई वीउ व्यापारीले दिने र उत्पादन व्यापारीलाई किसानले दिने गरि सहकार्य गर्ने हो भने बजारिकण सगंै उत्पादनमा पनि हुने प्रर्वद्धन हुने उनको भनाइ छ ।
खुल्ला सिमाना संगै अनुदानको कमी, सिचाइको कमी, उन्नत विउ र मलको अभाव पनि आफुहरुले भोग्ने गरेको सहभागि किसानहरुले गुनासो गरेका थिए । कार्यक्रमको संचालन ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराईले गरेका थिए ।










