७ सय ६९ जना किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

नेपालगन्ज : अपाङ्गता तथा सीमान्तकृत ७ सय ६९ जना किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । डेक नेपाल बाँकेद्धारा सन्चालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम ( ईन्गेज) परियोजनाले खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका सिमान्तकृत किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको हो ।

परियोजनाका अनुसार खजुरामा ६ सय ५७ जना, कोहलपुरमा ५६ जना र बैजनाथ गाउँपालिका ५६ जना गरि ७ सय ६९ जना अपाङ्गता भएका किशोरी वा उनीहरुको अभिभावक र सिमान्तकृत किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ ।

खजुरामा ९ वटा समुह बनाइ १८ दिन सम्म तालिम सन्चालन गरिएको थियो यस्तै कोहलपुरमा २ वटा समुह वनाइ ४ दिन सम्म र बैजनाथमा १ वटा समुह बनाई २ दिन सम्म तालिम सन्चालन गरिएको थियो ।

तालिममा किशोरीहरुलाई महिनावारी हुदाँ गरिने सरसफाइ र आत्म सुरक्षाका बारेमा पनि सिकाइएको छ ।

प्रतिक्रिया