नेपालगन्ज : बाँकेको नरैनापुरमा पालिकाको शैक्षिक सुधारको लागि बालबालिकासंग गाउँपालिका कार्यक्रम सुरु गरिएको छ ।
नरैनापुर गाउँपालिका भित्र रहेका विद्यालयको शैक्षिक स्तर सुधारको पहल स्वरुप बालबालिकासंग गाउँपालिका (शिक्षा शाखा) कार्यक्रम सुरु गरिएको हो ।
गत आइतबार देखि नरैनापुर गाउँपालिका शिक्षा शाखाले हरेक हप्ता गाउँपालिका अन्तरगतको एउटा स्कुलमा शिक्षा शाखाबाट अनुगमन संगै आफ्ना अनुभव सीप र ज्ञान आदानप्रदान गर्न कक्षा संचालन गर्ने भएको छ ।
नरैनापुरको शिक्षा शाखाले कक्षाकोठा प्रती विद्यार्थीहरुको आकर्षण बढाउन र पढाई प्रति उत्प्रेरित गर्नका लागि बालबालिका संगै खेल्ने र विभिन्न रोचक कार्यक्रम गर्ने योजना लिएको शिक्षा शाखाका प्रमुख कृष्ण कुमार थारु बताउछन् ।










