लकडाउन समयको शुल्क फिर्ता गर्न अनेरास्ववियु बैजनाथको चेतावनी

नेपालगन्ज : अनेरास्ववियु बैजनाथ तथा खजुरा गाउँपालिकाले समयको शुल्क फिर्ता गर्न शैक्षिक संस्थाहरुलाई चेतावनी सहित ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।

अनेरास्ववियु बाँकेको सह-सचीव नवराज बम र अनेरास्ववियु बैजनाथ गाउँपालिका संयाेजक कृष्ण चन्द ठकुरी समेतको उपस्थितिमा बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकाललाई लकडाउनको समयमा केही शैक्षिक संस्थाले शुल्क लिएको प्रति बिरोध गर्दै शुल्क फिताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएकाे हो ।

बुधबार अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले हस्ताक्षर गरेर शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख राम सुरेश यादवलाई लकडाउनको समयको शुल्क बाँकेका शैक्षिक संस्थाले लिएको र त्यो शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाई सकेको छ ।

अनेरास्ववियु बाँकेले बुधबार तयार गरेको ध्यानाकर्षण पत्र बिहीवार बैजनाथ तथा खजुरा गाउँपालिकाको शिक्षा शाखालाई आफ्नो ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा अगाडी लेखिएको छ , कोभिड १९ को पहिलो चरणको बन्दाबन्दिको बेला शुल्क लिएको प्रती यस हाम्रो गौरवशाली संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ उच्च जोखिम बढेकाले यस कार्यालयको माताहत रहेका आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा कोभिड १९ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप उच्च सतरकता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।

साथै ध्यानाकर्षण पत्रमा लेखिएको छ, आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा शैक्षिक वातावरणमा कायम गरि नियमित पठनपाठन तथा शैक्षिक कार्यहरु गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गर्दछौ ।

हेर्नुस् ध्यानाकर्षण पत्र

प्रतिक्रिया