बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका खोजिदै

संजय आचार्य : बर्दिया चैत्र : बार्दियामा बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका अहम हुने भन्दै पत्रकारहरुले थप सक्रियता निभाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।

पत्रकारहरुले सक्रियता बढाए बाल विवाह रोक्न कठिन नभएको सहभागिले छलफलका क्रममा बताएका थिए । सञ्चार जगतले नै ठुला ठुला परिवर्तन गर्न सामार्थ राख्ने भएको हुदाँ बाल विवाह जस्तो गम्भिर विषयमा पनि परिवर्तन देखिने गरि कलम चलाइदिन आग्रह गरिएको थियो ।

बाल बिबाह चाडै तथा जबरजस्ती गरिने न्यूनिकरण परियोजना भन्ने मूल नाराका साथ बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बिषयक एक दिने अन्र्तक्रिया बैठक बर्दियाको गुलरियामा सम्पन्न हुदै गर्दा सहभागि पत्रकारहरुले बाल विवाहको विषय सबैकालाई साझा विषय भएकाले पनि यस तर्फ सन्चारकर्मिले गर्नुपर्ने भुमिका निभाउन पछि नपर्नेमा प्रतिवद्धता जानाएका थिए । आज सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका के हुने भन्ने बारेमा नै छलफल गरिएको थियो ।

बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरुले जोड दिए । पछिल्लो समय बर्दियामा बालविवाह बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि पत्रकारहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने सहभागी पत्रकारहरुले बताएका हुन् ।

कार्यक्रममा बाल विवाह रोकथाम परियोजनाका फिल्ड सुपरभाइजर सपना शर्माले आफनो संस्थाले गरेका कार्यहरुको बारेमा बताउदै बालबिवाह रोकथाममा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताउनु भएको छ । जिल्लामा बालबिवाहका घटना रोकथाम तथा न्यूनिकरणमा पत्रकारहरुले कार्य योजनासहित आफ्ना सञ्चार माध्यममा खोजमूलक समाचार सम्प्रेषण गरेमा धेरै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाके यूनोस्को क्लब बर्दियाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाले बिभिन्न संध संस्था ,स्थानिय पालीका ,नागर्ीक समाज र धर्मग्रु लगाायत सरोकार वाला हरुसंग समन्वय गर्दैै काम गरीरहेको शर्माले बताउनु भयो ।

बालअधिकार र बाल संरक्षणका सवालहरु, स्थानीय सरकारमा हुनुपर्ने बाल संरक्षण सम्बन्धी संयन्त्रर र बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका बारेमा सहजकर्ता जनक चौधरीले छलफल गर्नु भएको थियो ।

नेपाल पत्रकार महासघं बर्दियाका अध्यक्ष यादव आचार्यले उपस्थिति सबै पत्रकारहरुले आफुहरुले बलविबाह न्युनीकरण गर्न खेलेको भूमिकालाई सहारना गर्दै आगामी दिनहरुमा पनि सक्रिय रुममा लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया