जानकीका शिक्षण संस्था आइतबार देखि एक हप्ताको लागी बन्द हुने

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका मातहतका भोलि आइतबारदेखि सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ ।

शिक्षा शाखा मानपुरमा शुक्रबार आकस्मिक बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय शिक्षा शाखा प्रमुख प्रतिभा ओलि खड्काले जानकारी दिनुभयो ।

बाँकेका आधादर्जन बढी विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण फैलिए पछि जानकी गाउँपालिका अन्तर्गतका विद्यालयहरु बन्द गर्न निर्णय गरिएको हो ! पछिल्लो समय कोभिड-१९ संक्रमण उच्च गतिमा बढेपछि नेपालगन्ज र डुडुवाका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको भन्दै उहाँले स्थिति भयावह हुनसक्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २० जना शिक्षक र १८ जना विद्यार्थीलाई कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया