उच्च सतर्कता अपनाएर परिक्षा नियमित गर्न अनेरास्ववियु बाँकेको माग

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) बाँकेले नियमित संचालन भैरहेका परिक्षा उच्च सतर्कता अपनाएर लकडाउनको समयमा पनि संचालन गर्न माग राखेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले आफ्नो माग सहित ध्यानाकर्षण पत्र बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले दैनिक रुपमा बाँकेमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै ९ गते देखि लागू हुने गरि घोषणा गरेको लकडाउनको समयमा नियमित रुपमा संचालन भैरहेका परिक्षाहरु उच्च सतर्कताका साथ संचालन गर्न अनेरास्ववियुले अनुरोध गरेको छ ।

ध्यानाकर्षण पत्रमा अगाडी उल्लेख गरिएको छ , विद्यार्थीहरुलाई कुनै पनि समस्या पर्न नदिन स्वास्थ्य मापदण्ड र उच्च सतर्कताको उचित ब्यवस्था गरि परिक्षा संचालन गर्न अनुरोध गर्दछौं ।

यदि विद्यार्थीलाई उचित ब्यवस्था नभए ठूलो समस्या आउने कुरा अवगत गराउदै उचित ब्यवस्थापन गरि परिक्षा संचालन गर्दा कोभिडको उच्च सतर्कता भए नभएको आवश्यक अनुगमन गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्र तल राखिएको छ ।

प्रतिक्रिया