खजुराका ब्यवसायिक किसानहरूले धानेको कृषिको सान

नेपालगन्ज :  खजुरा गाउँपालिका साबिकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाउँ बिकास समितिहरु मिलि बनेको गाउँपालिका हो । करिब बीस २०२३ सालमा तत्कालीन सरकारले पुनर्वास कम्पनी मार्फत बस्ती बिकास गरेको खजुराको आर्थिक उपार्जनको प्रमुख स्रोत सुरुवात देखि नै कृषी नै रह्यो । खजुराले उतिबेला नै धान निर्यातमा मुख्य भुमिका खेलेको जानकारहरु बताउछन् ।

जीवन निर्वाहको लागी गरिने कृषि पेशा र पशुपालन अहिले भने ब्यवसायिक संगै खजुरा गाउँपालिकाको पहिचान बनेको छ । निर्वाह मुखी कृषी र पशुपालनबाट माथी उठ्न खजुराले मात्रै होईन समग्र देशले विभिन्न राजनैतिक परिवर्तन देख्न र भोग्नु पर्यो ।

क्रमिक रुपमा बिकासको अनुभुती गरेको खजुरा गाउँपालिकाले पछिल्लोपटक परिवर्तन भएको राजनैतिक परिवर्तनले समग्र खजुरालाई एउटा गाउँपालिकामा मात्रै चित्रण गरेन साथसाथै खजुराको समग्र कृषीको बिकासमा मद्धत पुगेको बिज्ञहरु बताउछन् ।

स्थानिय आवश्यकता, सम्भावना र कृषी संग जोडिएको खजुराको इतिहासले निर्वाहमुखी कृषीबाट आधुनिक र ब्यवसायिक कृषि तर्फ डोर्‍याउन मद्धत पुगेको छ, जसलाई खजुरा गाउँपालिकाले सार्थक बनाइ रहेको छ ।

पालिकामा रहेका किसानलाई अनुदान, आधुनिक कृषि औजार, मल बीउ , उपचार र प्राबिधिक सेवा दिदै आएको खजुरा गाउँपालिकामा बाके जिल्लामै अब्बल मानिएका ब्यवसायिक कृषक रहेका छन् । राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार समेत जितिसकेका ब्यवसायिक किसानहरू रहेको खजुरा गाउँपालिका कृषि उत्पादन र निर्यातको लागि समेत अब्बल साबित भएको छ ।

लाल बहादुर खत्री
खजुरा गाउँपालिका वडा नम्बर २ का लाल बहादुर खत्रि खजुरा गाउँपालिकाकै अगुवा किसान हुन् । ब्यवसायिक रुपमा टमाटर तथा आलु उत्पादन गर्दै आएका खत्रीले ब्यवसायिक कुखुरा पालन पनि गर्दै आएका छन् ।

कृषि बिकास बैंकको जागिरे जीवन पछि ब्यवसायिक कृषिमा रमाउदै आएका खत्रीले किसानको समस्याहरुलाई समेत उठाउदै आएका छन् ।

ब्यवसायिक कृषि बिना आत्मनिर्भर रहन नसकिने भन्दै ब्यवसायिक कृषि र पशुपालन गर्दै आएका खत्री धेरैका प्रेरणाका स्रोत समेत हुन् । अन्य जिल्लाबाट समेत ब्यवसायिक कृषि र पशुपालनको लागी सल्लाह लिन कृषकहरु आउने गरेको खत्री बताउछन् ।

गेहेन्द्र धिताल

खजुरा गाउँपालिका वडा नम्बर २ का अगुवा किसान गेहेन्द्र धिताल लामो समयदेखि ब्यवसायिल कृषि पेशामा आवद्ध छन् । उनी आफू मात्रै ब्यवसायिक किसान बन्ने होईन धिताल आफुजस्तै नयाँ ब्यवसायिक किसान जन्माउने अभियानमा लागेका छन । आफु पनि व्यवसायिक रुपमा तरकारी र फलफुल खेती गर्ने उनिलाई यसमै सन्तुष्ट मिल्ने गरेको छ ।

वडा नम्बर २ सिगाउँका गेहेन्द्र मुराउले आपँ र टमाटरको व्यवसायिक खेती गर्दै आएका छन । ७३ वर्षका उनको जागर ४० वर्षका युवाको जस्तो छ । धितालले १५ विगाहमा मात्र उनले टमाटर खेती गर्दै आएका छन ।

पदम राना

खजुरा गाउँपालिका वडा नम्बर ३ बि गाउँका पदम राना अगुवा किसान हुन । दशक बढी समय देखि तरकारी खेतिमा होमिएका रानाले समय संगै आफुलाई ब्यवसायिक र आधुनिक बनाउदै आएका छन् ।

सुरुवाती दिनमा थोरै क्षेत्रफलमा तरकारी खेती गर्दै आएका रानाले आफ्नो कृषि पेशालाई आधुनिकीकरण र ब्यवसायिक बनाउदै हाल जिल्लाकै अगुवा किसान बनेका छन् । तरकारी उत्पादन र निर्यातमा जिल्लामा उनको योगदान उलेख्य रहेको छ  नै ब्यवसायिक कृषी कर्मले नै उनको र परिवारको जिबनस्तरमा समेत आमूल परिवर्तन ल्याएको छ ।

कृष्ण बिक्रम केसी
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ का कृष्ण विक्रम केसी विगत १२ वर्षदेखि कृषि कर्ममा छन । उनले उज्वल कृषि फार्म दर्ता गरेर व्यवसायिक रुपमै तरकारी खेती र पशुपालन गरिरहेका छन । विषेश गरि तरकारी खेति गर्नमा नै कृषक कृष्ण विक्रमको ध्यान जाने गर्दछ ।

सुरुमा सानो क्षेत्रफलमा टमाटर खेती गरेर व्यवसायिक यात्रा तय गरेका उनले अहिले तिन विगाह क्षेत्रफलमा विभिन्न तरकारी उत्पादन गरिरहेका छन । तत्कालिन खजुराका कृषि प्रावधिक अमरराज शर्मा घिमिरेले दिएको ज्ञान सिपलाई आफ्नो जिवनमा सदुपयोग गरेको उनि बताउछन् ।

मान बहादुर भण्डारी

खजुरा गाउँपालिका वडा नम्बर ३ का मान बहादुर भण्डारीले व्यवसायिक रुपमा बटाई पालन गर्छन । जिल्लामै धेरै बटाई पालन गर्ने मध्यमा उनको नाम अघि आउछ ।

खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनामा स–परिवार बसोबास गर्दै आएका भण्डारीको परिवारले व्यवसायिक रुपमै बट्टाई पालन गरिरहेका छन ।

बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन, तर पनि मान बहादुरको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल दिन सफल हुनुभएको छ । आफ्नै ह्याचरी सहित बट्टाईको चल्ला उत्पादन तर्फ लाग्नुभएका भण्डारीले लोकल कुखुरा, हास, टर्कि, कडकनाथ लगाएतलाई पनि विस्तारै बढाउदै लैजान लाग्नुभएको छ ।

अहिले उहाँसगं ३ हजार बढि बट्टाई छन । २ लटमा ५५० वटा बट्टाई त उहाँले विक्रि पनि गरिसक्नुभएको छ । एउटा जोडिलाई ३ सयमा घरबाटै विक्रि हुने गरेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार चल्ला, बयस्क देखि बट्टाईका अण्डा पनि सहजै विक्रि हुने गरेको छ ।

तुल बहादुर कंडेल
खजुरा गाउँपालिका वडा ३ का तुल बहादुर कंडेलले व्यवसायिक रुपमा भैसी र बाख्रा पालन गर्दै आएका छन ।
लामो समय देखी ब्यवसायिक रुपमा पशुपालन गर्दै आएका कडेलले आर्थिक तथा सामाजिक समृद्ध कृषि बाटनै प्राप्त गरेका छन् ।

खजुरामा करोड बढि लगानी गरेर भैसी र बाख्रा पालेका उनले ब्यवसायिक  पशुपालन पछि आर्थिक उन्नति भएको बताउने गर्छन् ।

राजेन्द्र श्रेष्ठ
खजुरा गाउँपालिका वडा नम्बर ४ का राजेन्द्र श्रेष्ठले कुखुरा पालन गर्छन । कुखुरा पालन ब्यवसायमा विचमा नोक्नानी भएपनि उनले कुखुरा पालनलाई छाडेका छैनन । ब्यवसायिक रुपमा कुखुरा पालनमा तल्लिन उनी कृषि कर्ममै रमाउने गरेका छन् ।

यी त केहि प्रतिनिधि मुलक पात्र हुन् । यस्तै किसान खजुरामा धेरै भेटिन्छन । कृषिलाई नै सर्बपरी ठानेर काम गर्नेहरुको कमि छैन खजुरामा । गाउँ पालिकाले पनि खजुरालाई कृषिमा आधुनिकीकरण गराउन हरेक वर्ष नयाँ योजना किसानमाझ ल्याउने गरेको छ ।

प्रतिक्रिया