नेपालगन्ज :

हाल अध्ययनकालागी अस्ट्रेलिमा रहेका खजुराका ध्रुब क्षेत्रि र विन्दु भट्राईले बैवाहिक वर्षगाठको अवसरमा असाहाय विद्यार्थिहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग पठाएका छन । आफनो विहे भएको ४ औ बर्षको सुखत उलध्यक्ष्मा आफनो बैवाहिक जिवन राम्रो रहोस भनी खजुरामै हुर्केका धुव्र र उनको श्रीमती विन्दुले आफ्नो आमा बुवा मार्फत खजुरा गाउँपालिका वडा नं. ४ डिगाउँ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेका असायविद्यार्थीहरुलाई अध्ययन गर्न आवश्यक पर्ने सामाग्रीहरु सहयोग पठाएका हुन । अस्ट्रेलिमा रहेका धुव्रका बुवा केन्द्र बहादुर पौडेल, इन्द्रकला पौडेलले विद्यालयमा पुगेर उक्त सामाग्री वितरण गरेका थिए । समाजमा हिजो आज युवाहरुले जन्मदिन, बैवाहिक जिवनमा बाँधिएको वर्षगाँठको खुसियाली होटल तथा रेष्टुरेष्टमा गएर खर्च गरी मनाउने परिपाटी हँदै आएकोमा अस्ट्रेलिया बाटै भएपनि आफ्नो क्षेत्रका बालबालिकाका लागी केहि राम्रो काम गर्नुपर्छ भनेर असाय तथा अपा¨ विद्यार्थीहरुलाई अध्ययनगर्न आवश्यक सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरिएको उनका ज्वाई सुबास निरौलाले जानकारी दिए ।











