गुणस्तरिय वीउ उत्पादन गर्न प्रदेश पाँचका व्यवसायिलाई तालिम

नेपालगन्ज :

गुणस्तरिय वीउ उत्पादन गर्न प्रदेश पाँचका व्यवसायिलाई तालिम

प्रदेश ५ का वीउ व्यवसायिकहरुलाई वीउ विजन गुणस्तर सम्बन्धि तालिम दिइएको छ ।

वीउ विजन प्रयोगशाला खजुराको आयोजनामा प्रदेशका वीउ विजन व्यवसायिहरुलाई ५ दिने तालिम प्रदान गरिएको हो । पुर्वि रुकुम, रोल्पा, दाङ्ग, प्युठान, बर्दिया र बाँकेका समुह, सहकारी, तथा कम्पनिका व्यवसायिक किसानहरुलाई गुणस्तरिय वीउ सम्बन्धि तालिम दिइएको वीजन प्रयोगशाला खजुराका प्रमुख दिलिप कुमार सिंहले बताउनु भयो ।

अन्न तथा तरकारी बालिको वीज वृद्धि गर्दा खेरी केके नियम पुरा गर्न पर्छ, कसरी गर्दा सजिलो हुन्छ भनेर प्रविधिज्ञान प्रदान गर्न तालिम प्रदान गरिएको प्रमुख सिंहले बताउनुभयो ।

तालिम पश्चात ऐन नियम अनुसार बेजातहरु चिन्न, खजडा जातहरु ननिकाल्न गुणस्तरिय विउ उत्पादन गर्न सक्ने हुने अपेक्षा लिइएको कार्यालयले जनाएको छ ।

तालिमलाई बरिष्ट बालि विकास अधिकृत दिलिप कुमार सिंह, अधिकृत दिनेश प्रसाद भट्राई, अधिकृत नन्द किसोर चौधरी, सहायक पाँचौ निरज अधिकारी र बालि संरक्षण प्रयोगशालाका कोमल शाहि लगाएतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया