नेपालगन्ज :

बाँके र बर्दियामा यो वर्ष आँपको उत्पादनमा वृद्धि हुने संकेत देखिएको छ । गत वर्ष भन्दा आँप राम्रो फुलेकाले उत्पादन बढ्न सक्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
यद्यपी केहि दिन अघि परेको वर्षाका कारण आपमा फुल झर्ने किरा लाग्ने समस्या देखिन सक्ने भएकाले किसान सचेत रहनपर्ने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।
भरखर फुल फुलेको बेला पानि परेपछि किसानहरु चिन्तामा परेका छन । हालको अवस्था हेर्ने हो भने आँपको सन्तोषजनक अवस्था भएकाले उचित हेरविचार पुगाउन सकिए उत्पादन गत वर्षभन्दा दोव्वर हुने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।
गत वर्ष किरा लागेको आँपमा यो वर्ष पनि लाग्ने सम्भावना हुने भएकाले पनि अहिले देखि आँपको उपचारमा लाग्न ज्ञान केन्द्रले किसानलहरुलाई आग्रह गरेको छ ।
पानिका कारण केहि दिनमा फुलहरु कालो भएर झर्ने हुन सक्छ त्यसैले प्रावधिकको सल्लाह बमोजिम आपँको उपचारमा लाग्न प्रमुख ढकालले सुझाव दिएका छन ।
यो समयमा फड्के किराले फुल झार्ने भएकाले मौसम राम्रो भएपछि सुधार आउन सक्ने देखिएको प्रमुख ढकालले बताए ।










