नेपालगञ्ज :

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवको तयारी पुरा भएको छ ।
निर्वतमान सहरी विकास मन्त्रालय एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले उद्घाटन गर्ने छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताए ।
महोत्सव उद्घाटन हुनु अघि शुक्रवार बिहान बिपीचोक आठ बजे भब्य सांस्कृतिक झाँकी शुरु हुने छ ।
महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ ।
टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो ।
महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ ।
सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाइएको सचिवालय संयोजक सतिश अधिकारीले जानकारी दिए ।













