नेपालगन्ज : बाँकेका तीन स्थानमा यो बर्षपनि कोदो खेतीको उत्पादन परिक्षणको लागी कोदो खेती गरिएको छ ।
गतबर्ष बाँकेको गाभरभ्यालीमा कोदोको परीक्षण गरिएको थियो भने यसवर्ष भने बाँकेको हवल्दारपुर, भरैया र लक्ष्मी माबीमा हरेक क्षेत्रमा करिब २ देखि ५ कठ्ठा क्षेत्रमा कोदो खेती गरिएको हो ।
गतबर्षको अनुभवमा पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईको बाँकेमा पनि राम्रै उत्पादन दिन सफल भयो त्यसैको निरन्तरता स्वरुप यसवर्ष पनि नार्क संगको सहकार्यमा तीन क्षेत्रमा कोदोको खेती गरिएको पर्यावरण अभियन्ता पुरमल बस्नेतले बताउनुभयो ।
बाँकेमा कोदोको ७ जात लगाइएको छ भने ११ वटा जात बाँके जिल्लामा परिक्षणको लागी ल्याइएको नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)का सुचना अधिकारी डा. मुकुन्द भट्टराईले जानकारी दिनुभएको छ ।
डा. भट्टराईले गतबर्ष बाँकेमा राम्रो उत्पादन भएको र अझै एक दुई बर्ष कोदो खेतिको परिक्षण गरेर भेरिफाइ गर्ने योजना अनुरुप बाँकेमा परिक्षण गरिदै आएको बताएका छन् ।
बिस्तृतमा बुझ्न र कोदो खेतिको बारेमा जानकारी लिन भिडियो हेर्नुस्









