पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित

नेपालगन्जस्थित क्रिष्टिलाे पानी उद्योगका संचालक शरद रिजाल नेपाल पानी उद्योग महासंघ केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।

माेरङकाे बिराटनगरमा सम्पन्न महासंघको दोस्रो पूर्ण बैठक रिजाललाई सदस्यमा मनाेनित गरेकाे हाे । उनकाे मनाेनयन पछि पानी उद्योगीकाे हकअधिकार सुनिश्चित गर्न प्रभावकारी काम हुने महासंघले अपेक्षा गरेकाे छ ।

बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको सक्रियता अभिवृद्धि गर्ने, पानी उद्योग व्यवसायीहरूको हकहित संरक्षण गर्ने, पानी उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक पहल गर्ने लगायतका विषयहरूमा छलफल भएर निर्णय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया