रबिन गिरि (कृषि विज्ञ)

धेरै इतिहासतिर नजाऔ । अघिल्ला कृषि मन्त्रीका पालामा आएका मार्गनिर्देशन सहितका कृषिको बाटो/योजना र त्यो बिन्दुसम्म कार्यान्वयनमा आएका नीति/कार्यक्रम नियालौ । के ति काम लाग्ने गरि खाने थिएनन/ छैनन् ?
थिएनन भने त्यसबेला र अहिले कार्य गर्ने जमात/दिग्गज वर्ग त त्यही हो । उर्जा पनि नयाँ मन्त्री आउदा भुर्लुक्कै उम्लेकै थियो । के केवल मन्त्री दोषी थिए ? र यदि काम लाग्ने थिए भने परिणाम खै त ? हामि कहा चुक्यौ ?
नीति तथा कार्यक्रममा या कार्यान्वयनमा या इमान्दारितामा या कार्यक्षमतामा या कुनै प्रपन्चमा ?
अहिलेका मन्त्रीज्यु बाट अझ आशा र उत्साह सबैमा छ र हुनु पनि पर्छ । हो समय अनुसार र नेतृत्व क्षमता अनुसार नयाँ कार्यक्रम आउछन र अथाह उत्साह लक्ष प्रक्षेपण पनि हुन्छ । तर लेखिदैमा र बोलिदैमा परिवर्तन आउने भए के थियो र ? तसर्थ हामि फेरी पनि नचुकौ ।
नीतिमा भन्दा कार्यशैलीमा र नियतमा बढी सजग रहौं । किनकि हामीसंग २० वर्षे ADS देखि PMAMP, बालिबस्तु विशेष कार्यक्रम, आवधिक योजना आदि थुप्रै छन् र तिनलाई हाक्ने कृषि संरचना (शिक्षा, अनुसन्धान र प्रसार) पनि यद्देपी तिनको पुनर्संरचना जरुरि अवश्य छ ।
कोरोनाले बहस तताएको छ नेपालको निर्वाहमुखी कृषिको विकल्प छैन, यो फाइदाजनक छ, यसैले अहिले धानेको छ आदि आदि ।
संकटको बेलाको विश्लेषण र सामान्य बेलाको विश्लेषण फरक अवश्य होला तर निर्वाहमुखी कृषिका आ-आफ्नै फाइदा महत्व आदि भएपनि यो युगमा हामी पछि फर्किने होइन एक पाइला भएपनि अगाडी बढ्नु नै पर्छ । परिवर्तन भनेको पनि यहि न हो ।










