असार नआएको भए

रामु ओली

असार नलागेको भए , कहाँ बन्थ्यो मेरो टोल !
असार नआएको भए कहिले बन्थ्यो होला र त्यो भत्किएको सडक ।
अनि कहिले सप्रीन्थ्यो ११ महिना देखि लाथालिङ्ग बनेको त्यो घिन्लाग्दो ,
लाजलाग्दो, गिज्याइ रहने र पाइलै पिच्छे टालिएको मेरो महानगरको महा-नगर ।

यी हरफहरु कसैले त्यहीँ असारमा
बन्दै गरेको आफ्नै घर जाने सडकमा
टेकेर फोन गर्दै मलाई सुनाएका थिए ।

फोन काट्दै गर्दा उनले भनेका थिए ,
यो असार साच्चिकै मेरो लागी बरदान बन्यो,
मेरो टोलले लामै समय हिलो देख्यो , पानी देख्यो ,
धुलो देख्यो यहाँ सम्मकी इट्टा गिट्टि र बालुवा देख्यो ।
तर असारले मेरो टोलले चिल्लो बाटो देखाइ दियो ।

वा असार … साच्चिकै १२ महिनामा मलाई यहि असार मात्रै मन पर्न थालेको छ ।
म त कहिलेकाही सोच्छु यो असार नभैदिएको भए ,
यो असार न आइदिएको भए
मेरो टोलको हालत के हुन्थ्यो होला ? कस्तो हुन्थ्यो होला ?
अनि कहिले बन्थ्यो होला ? म संग जवाफ नै छैन ।

उसले यति भन्दा सम्म म मौन रहे ।
सुनिरहे उसको कुरा |
अनि आफ्नै घर अगाडीको सडक सम्झीए,
आफ्नो घर सम्म जाने मुलबाटा सम्झीए
ति सबै बाटाहरुले त्यहि असार पर्खिदै बसेका थिए |
असार लागे संगै ति बाटाहरुले , ति नहारहरुले मुहार फेर्ने कोसिस गर्दै छन् |

अनि तपाइहरुलाई लाग्दो हो यो महिना असार होइन ,
साउनमा असारको कुरा किन ?
यो प्रश्न पनि जागेको पक्कै होला |
मलाइ थाहा छ यस्ता प्रश्नहरु मैले नि नगरेको कहा होर ?
मेरो मनले पनि नसोचेको कहा हो र ?
अहिले पनि असारको झल्को र अवसेस जीउका तिउ अझै उस्तै छन् |

अनि मेरो साथीले सोधेको प्रश्न जायज पक्कै थिए ,
उसले भनेको कुराहरु पनि जायज नै थिए |
अनि मेरो मनमा खेलाका कुराहरु पनि जायाजनै थिए|
तर मैले र मेरो साथीले यत्ति बुझेका थिएनौ साउन पनि असार कै हिस्सा हो। त्यसैको अवशेष हो अनि फ़गतै कागजमै सहि।


प्रतिक्रिया