गृहमन्त्रालयको निर्देशनलाई कार्यान्वयन गराउने ठाउँमा आफैले उल्लंघन गर्दै

नेपालगन्ज : बाँकेका बिद्यार्थी नेता तुल्सी मणि केसीले बाँकेको अहिलेको अवस्था र बाँके प्रशासनले गरेको काम कार्य प्रती आपत्ति जनाएका छन् । उनले आफ्नो सामाजिक संजालमा बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङको कार्यशैली प्रती प्रश्न उठाएका हुन् ।

प्रजिअ कुरुम्वाङले लगातार तीन दिन कोभिड १९ बाट बच्न सामाजिक दुरि कायम गर्ने र मास्क प्रयोगको लागी सचेतना कार्यक्रममा नेपालगन्ज र कोहलपुर सम्म पुगेका थिए । उनले आफ्नो सामाजिक संजालमा समेत उक्त कार्यक्रममा उपस्थितिको लागि सामाजिक संजालमा आव्हान समेत गरेका थिए ।

विद्यार्थी नेता केसीले प्रजिअलाई साउथ भारत फिलमा जस्तो हिरोगिरि शैलीमा हिरो आउदैमा सबैकुरा ठिक ठाक हुन्छ र ? भन्ने जस्ता प्रश्न उठाएका छन् । विशेषगरी केसिले बाँकेमा कोरोना समुदाय स्तरमा फैलिएको बेला सामाजिक दुरि कायम गर्नु पर्ने र आफुले नै त्यसको नियमन र त्यसको पालना गर्नुपर्ने बेला प्रजिअले नै धेरै मान्छे जम्मा हुन नपाइने , भेला समारोह कार्यक्रम गर्न नपाइने भन्ने गृहमन्त्रालयको निर्देशनलाइ कार्यान्वयन गराउने ठाउँमा उल्टै आफैले उल्लंघन गर्दिने ? भनेर प्रश्न गरेका छन् ।

हेर्नुस् उनले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस

सिडिओ साप नमस्ते । तपाईं बाँकेमा प्रमुख जिल्ला अधिकारीको आउनुभएको खबरले सम्पुर्ण नेपालगन्जवासी हरु उत्साहित भएको कुरा छर्लङ्ग छ । तपाईंले यस जिल्लामा आइसकेपछि गरेका सम्पुर्ण कामकारबाहीहरुलाइ जनताले नजिकैबाट नियालेर बिश्लेषण गरिरहेका छन । तपाईंले गर्ने सकारात्मक कार्यमा हाम्रो साथ समर्थन र सहयोग हुन्छ । तपाईंले गर्ने नकारात्मक कार्यमा हाम्रो बिरोध अर्थात प्रतिवाद हुन्छ । यो सामान्य मानवीय स्वभाव हो । गुण र दोषका आधारमा समर्थन र बिरोध हामी सचेत नागरिकको तर्फबाट गर्ने कुरा यहि हो । हामीले सिकेको र बुझेको सत्य पनि यहि हो । कोरोना सङ्क्रमितको सङ्ख्या बाकेमा दिनानुदिन कम हुदै गइरहेको अवस्थामा एक्कासि त्रिभुवन चोक र आन्तरिक राज्स्व कार्यालयमा कोरोना सङ्क्रमित भेटिदा तपाईंले चालेको कदमलाई त्यति ठिक नठानेर केहि लेख्ने र यसको जनस्तरबाट नै प्रतिवाद गर्नु पर्छ भनेर केहि शब्द लेख्ने कोशिश गरियो । आशा छ यसलाई सुझावका रूपमा लिनुहुनेछ ।

१ – तपाईं साउथ इन्डियन फिल्मको हिरो वा नेपाल सरकारको एक कर्तब्यनिष्ठ रास्ट्रसेवक कर्मचारी ?

२- तपाईंको नजरमा लकडाउन / निषेधाज्ञा त्यस्तो कुनै जादुको छडी हो ” झ्याप लकडाउन कोरोना सफाचट ” भैहाल्ने । के ३ दिनको निषेधाज्ञाले नेपालगन्जमा कोरोना बिलाएर जान्छ ?

३- सडकमा ठुलो हुल र भिड बनाएर प्ले कार्ड बनाउदै मास्क लगाउ भन्दै हिरो गिरि शैलीमा हिडेर कोरोना नियन्त्रण गर्न सम्भव छ ?

४- धेरै मान्छे जम्मा हुन नपाइने , भेला समारोह कार्यक्रम गर्न नपाइने भन्ने गृहमन्त्रालयको निर्देशनलाइ कार्यान्वयन गराउने ठाउँमा उल्टै आफैले उल्लंघन गर्दिने ?

५- के कोरोनाले २ दिन अघि या पछि , को झन्डावाल गाडी चढ्ने को साइकल चड्ने को कर्मचारी को नागरिक छुट्याउछ ? गर्ने भए आजै बाट किन नगरेको त ?

६ – एक्कासि २५/३० जनामा सङ्क्रमित देखिए भन्दैमा यसरी आत्तिनु , समुदायस्तरमै फैलियो भनेर भन्न सक्ने तथ्य के छ यहाका स्वास्थ्य विशेषज्ञहरु सङ्ग ? हामीलाई यसको जवाफ चाहिन्छ ? यदि समुदाय स्तरमै फैलिएको ग्यारेन्टी हो भने हामी आफै ढोकाको चाबी लगाएर घरमै बस्नेछौं । हैनभने लहडको भरमा कदम चाल्ने ?

७ – बिस्तारै बिस्तारै सहज हुदै गैराखेको नेपालगन्जलाइ मनोबैज्ञानिक रुपमा सन्त्रास पैदा गरेर नेपालगन्जबासिलाइ किन कमजोर बनाउने ? यसको जिम्मेवार पक्ष एउटा स्वयम तपाईं हुनुपर्छ |

८- के हामीले परिक्षणको दायरालाइ बढाउदै लगेका छौँ अधिकतम भन्दा अधिकतम श्रोत र साधन लाइ परिचालन गरेर धेरै भन्दा धेरै पिसिआर टेस्ट भैराखेको छ यसमा तपाईंले कस्तो भुमिका खेल्नुभएको छ ?

९- सिमा बाट भित्रिने नागरिकको बारेमा हामिले के गर्नु पर्थ्यो के गरिराखेका छौँ त्यसबारे तपाईंको ध्यानाकर्षण भएको छ या छैन ?

१०- जिल्लाको सिडिओ हुनुको नाताले यहाँका सबै राजनीतिक दल , जनप्रतिनिधि एव सरोकारवाला पक्ष सङ्ग छलफल गर्नुपर्दछ कि नाइ ? तपाईं नै सर्वेसर्वा हो ?

११- जहाँ सङ्क्रमित भेटिएका छन त्यहाँ आसपासको एरिया सिल गर्ने , धेरै भन्दा धेरै पिसिआर परिक्षण गर्ने , सङ्क्रमित स्थललाइ स्यानिटाइजिङ गर्ने , आदि कार्यहरू गर्नुको सट्टामा पुरै।नेपालगन्जलाइ बन्द गर्दिने ? जबकी राज्यले नै लकडाउनको अन्त्य गरिसक्यो ! तपाईंले आफ्नो अनुकूलको परिस्थिति बनाउन सिङ्गो नेपालगन्जलाइ बन्द गर्ने र कोरोना नियन्त्रणको स्वामित्व लिन गरिएको प्रयासको रुपमा पनि यसलाई बुझन सकिन्छ ?

१२- यहाँका बुद्धिजीवी, नागरिक समाज, ब्यापारीक प्रतिस्ठान , उद्योगी ब्यवसायिहरु मिडियाकर्मिले यो बिषयलाइ गम्भीरतापूर्वक लिदै तुरुन्तै लकडाउन अर्थात् निषेधाज्ञा फिर्ता लिएर सङ्क्रमित भएको स्थान र सङ्क्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका मानिसहरुको स्वाब परिक्षण गर्ने र बन्द गर्न लागेको नेपालगन्जलाइ खुलाउन आआफ्नो तर्फबाट महत्त्वपूर्ण आवश्यकतालाइ बोध गरौं ।


प्रतिक्रिया