खगेन्द्र दाहाल

नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भन्ने वित्तिकै कृषि राष्टको पहिलो प्राथमीकताको क्षेत्र भन्ने वुझिन्छ ।
देशमा प्रजातन्त्र आयो, लोकतन्त्र र गणतन्त्र पनि आयो तर कृषि क्षेत्रमा कुनै क्रन्ति भएन । हामी वाच्ने पहिलो आधार हो खाना । अझ यसो भन्दा ठिक होला मानीसका आधारभुत आवश्यक्ता गास, वास र कपास । तर खानामा अझै पनि हाम्रो कृषिप्रधान देश भारतसंग परनिर्भर छ ।
हरेक वर्ष नेपालमा धान उत्पादन घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । र हरेक वर्ष भारतवाट धान नेपालमा आयात गरीन्छ । हामी सवैलाई थाहा नै छ, हरेक दिन हजारौ नेपाली युवाहरु आर्थिक उपार्जनका लागी वैदेशीक रोजगारीमा गइरहेका छन् ।
अझ मध्य र सुदुरपश्चिमको कुरा गर्ने हो भने यहाँका ग्रामीण क्षेत्रका अधिकाश युवाहरु पुर्खौदेखी रोजगारीको शिलशिलामा भारतमा छन् । २०, २५ वर्ष उमेर समुहका केहि युवाहरु मात्र भारत वाहेक अन्य खाडि मुलुकहरुमा छन् तर ४०, ४५ वर्ष उमेरका युवाहरु वषौदेखी भारतमा मजदुरी गरीरहेका छन् ।
उनिहरुले जीवनको उर्वर समय भारतै विताएका छन् । बाँकेको जमुनाह नाकामा हेर्ने हो भने सल्यान, रुकुम, कालीकोट डोटि, अछाम, सुर्खेत, लगायत अन्य जिल्लाका सुदुरग्रामीण क्षेत्रका युवाहरु कलिलै उमेरदेखी जिविकोपार्जनका लागी दिनप्रतिदिन भारत गइरहेका भेटिन्छन् ।
उनिहरु वर्षभरी मिहिनेत गर्छन् । अन्न रोप्छन तर वर्षभरीको उनिहरुको अन्न उत्पादन उनिहरुका लागी ६ महिना पनि प्रयाप्त हुदैन् । र गासकै लागी उनिहरु भौतारीन्छन् । र छिमेकी देश भारत पुग्छन् । सानै उमेरमा वालकले वालविवाह गर्छ र भारत पस्छ । उ फर्कदा परीवारमा नयाँ सदस्य थपिएको हुन्छ ।
खाने मुख वढेपछि उसको आवश्यक्ता वढ्छ तर उसको कमाइले धान्दैन । उनिहरु भारतमा वर्षौ पसीना वगाउछन तर उनिहरुको कमाइ कहिल्यै प्रयाप्त हुदैन । उनिहरु भारत जादा यहाँ रहेका जमीनहरु वाझाँ रहन्छन् र झन उत्पादन घट्दै जान्छ । अहिले पनि ग्रामीण क्षेत्रमा अधिकांश जमीनहरु वाँझै रहेका छन् ।
कृषि प्रधान देशमा यी कुराहरुले पनि समस्या निम्ताइरहेका छन् । युवाहरु विदेश गइरहन्छन् तर देशमा कृषिको अवस्था कमजोर वन्दै गइरहन्छ । जागरहरु यसरी नै वैदेशीक रोजगारीमा गइरहने हो भने यहाँ वालवालीका र वृद्धवृद्धा मात्र रहनेछन् ।
यतिवेला देशलाई जागँरीला युवाको खाँचो छ भने, युवालाई वाच्ने आधार । यो कुरालाई ध्यानमा राखी सरकारले यहाँ भएको जल, जमीन र जंगलको उपयोग गर्न जरुरी छ । जसका लागी यहाँका युवाहरुलाई नयाँ प्रविधि, नयाँ विउ र नयाँ सोचका साथ विकासमा लगानी आवश्यक छ ।
हामीसंग कृषिक्षेत्र प्रशस्त भएकाले यसको प्रयोग गर्न सकिए मात्र देश कृषिप्रधान वन्न सक्छ । अधिकाश नागरिक कृषि पेसा गरेरै आफ्नो जीविकोपार्जन गर्छन । कृषिप्रधान देश नेपालमा कृषिको विकास बिना देशकै विकास हुने सम्भव छैन । यस तथ्यलाई नेपालका राजनितिज्ञ, योजनाविद्, अर्थशास्त्री सबैले बुझेको विषय हो ।
यसैकारण पनि समग्र कृषिको विकासमा सबैले चासो राख्नुपर्ने देखीन्छ । नेपाल खाद्य उपजमा आत्मनिर्भर हुन सक्छ र विशिष्टिकृत लाभका उपजको प्रवर्धनले उल्लेख्य आम्दानी गर्न सकिन्छ भन्ने दृष्टिकोणमा आधारित छ ।
यसका लागि हामीले किसानलाई केन्द्रमा राखेर दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्ने रणनितिक आधार तयार गर्नु पर्दछ । यो कुरामा स्पष्ट भए मात्र कृषि क्षेत्रको विकास गर्न सम्भव छ । तर यस्तो दृष्टिकोणले मूर्त रुप लिन नेपालको ऐतिहासिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विशेषताको बहुआयामिक लेखाजोखा, राजनैतिक संवाद र सहमतिबाट नेपाली कृषिको रुपान्तरणको खाका तयार गरिनु पर्ने कुरा माग गर्छ ।
स्थानीय उत्पादन तथा उत्पादकत्वमा जोड दिई प्राथमिकरुपमा खाद्य तथा पोषण सुरक्षा वृद्धि गर्ने र तुलनात्मक लाभका कृषि उपजको व्यावसायिक प्रवद्र्धन गर्ने सोच सहित कृषि विकासको रणनैतिक ढाँचा, समग्र कृषिको एकिकृत विकासका योजना तत्कालै तयारगरिनु पर्दछ ।
नेपालको कृषि पद्धति, खाद्य प्रणाली र प्राकृतिक श्रोतको समग्र व्यवस्थापनमा जोड दिन सकेमात्र यो क्षेत्रको समुचित विकाश सम्भव हुन्छ । यसका लागि सरकार, किसान समुदाय, विज्ञ, व्यापारी, नागरिक समाज, किसान संजाल तथा कृषिक्षेत्रमा कार्यरत अन्तराष्ट्रिय समुदायहरुले नेपालको बदलिँदो परिवेशमा दिगो कृषि प्रणाली विकासका लागि तत्परता देखाउन आवस्यक छ ।
भूमि सम्पत्ति नभएर उत्पादनको साधनका रुपमा लिई पुख्र्यौली सम्पत्तिका रुपमा हस्तान्तरण हुने प्रक्रियालाई नियमन गरिनु पर्दछ । यसलाई मौलिक सम्पत्तिको हकमा नलिइ भूमिको उपयोग र वितरणमा राज्यले आवश्यक नियमन गर्न सकिने गरी व्यवस्था गरिनु पर्दछ ।
जिल्लामा सम्भाब्य बालीहरुको एकिन गरी तुलनात्मक लागत लाभका अधारमा उत्पादन र उत्पादकत्वमा बृद्धि मात्र नभएर रोजगारीको थप अवसरहरु समेत श्रृजनाका लागी दायित्व सरकारी निकायकै हो भन्नु अत्यूक्ती नहोला ।
कृषि पेशालाई मर्या्दित र आयमूलक बनाउन युवाहरुलाइ र शिक्षित बेरोजगारहरुलाई कृषि तर्फ आकर्षित गर्ने खालका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन तहसम्म र्पुयाउने गरी समस्टीगत प्रयास जनस्तर सम्म र्पुयाउनु आजको आबश्यकता रहेको छ ।
परम्परागत खेतीबाट उन्नत प्रविधिमा आधारित कृषिमा जुट्नु पर्ने प्रमुख दायित्व यहाँका कृषकहरुको भएता पनि यस कार्यमा विभिन्न संघ संस्था गैह्रसरकारी संस्था तथा सरकारी निकायहरुको अहम् भूमिका रहेको छ ।
कृषि प्राविधिकहरुको होस्टेमा हैंसे गर्दै अघि बढ्ने क्रममा कम्मर कसेका कृषकहरुलाई आई पर्ने समस्याहरुलाई पहिल्याउने र तिनका निराकरण गर्ने जिम्मेवारी कृषि सम्बन्धि काम गर्ने निकायहरुले लिन जरुरी छ ।










