प्रदेश पाँचको बलियो कुर्सी !

रामु ओली :

कुर्सी बस्नलाई बनाइएका, राखिएको तर कहिलेकाहीँ रिस पोख्ने गज्जबको साधन बनी दिने रैछ ।

रिस पोख्ने, आन्दोलन गर्ने, अनि कहिलेकाहीँ हमला गर्नलाई नै सहि ती कुर्सीहरु कमजोर भए के होलान् ? सोच्नुस त , हान्यो फ्याट्ट भाचियो झर्याम झुरुम पर्यो, टुक्राटुक्रा भयो भने बैकल्पिक कुर्सी भाच्नलाई कहाँ बाट ल्याउने ? कि नजिकको साथी बसेको कुर्सी तान्ने ! तर प्रदेश पाँचको कुर्सी भने गतिलै रैछ ! भयंकर बलियो कुर्सी परेछ ।

खाइलाग्दो ज्यान त्यसैमा राजधानी गुमाएको पीडा, आन्दोलनको जोशले भरिएको रक्तचापका बिच प्रहार कुर्सीहरु हत्तपत्त भाचिने नामै लिएनन् ।

दिन भरी सामाजिक संजालमा भाइरल बनेका ती दृश्यहरुमा मलाई ती बलिया कुर्सीहरुले मोहित पारे । कति बलियो कुर्सी… धेरै बेर सोची रहे ।

कुर्सीले अया पनि भनेन तर सांसदहरुले दनादन ठोकी रहे तै पनि कुर्सीभने टसमस भएन बरु कुर्सीको चोट सहन सकेनन् माइक र टेबुलले … जे होस् कुर्सी बलिया नै हुन्, मैले मनमनै सोचिसके ।

यति विधि आवेगमा आएर कुर्सीले झ्याम झ्याम ती हान्दा पनि सितिमिति भाचिन नमानेका कुर्सीहरु कसले उत्पादन गरेको होला ? कुन कम्पनी या ब्यक्तीले बनाएको होला ? यो प्रश्न पनि मनमा खेल्यो । तर जे नै होस यी कुर्सी उत्पादन गर्ने कम्पनीका कुर्सीहरु अन्य प्रदेशले पनि लगेर आफ्नो सांसद भवनमा राखे हुन्छ ।

कसैले सामाजिक संजालमा लेखेका थिए ती कुर्सी ठोकेको दृश्य हेरेर …. हरु उसैको बाउको सम्पत्ति जस्तो कुर्सी भाच्ने ।

अनि अलि धेरैले त लेख्नै नमिल्ने शब्द प्रयोग गरेका थिए । तर मलाई लागि रहेको थियो ती सासदले कुर्सी भाचेका होइनन् उनले त कुर्सी कम्पनीको सायद ब्राण्डिङ गरेका हुन् । सायद ब्राण्डिङ गरे बापत केही गोप्य सहमती पो थियो कि । तर प्रमाणित कुरा के हो भने उनले ब्राण्डिङ गरेको कुर्सी बलियो चाहिँ छ है । यो मेरो दिमागले सोचेको कुरा ।

कुर्सी किन र कसले भाच्ने कोसिस गरे भनेर चाहिँ लेखिन मैले किनकी भिडियो नहेरेको कोहि छैन होला ! त्यसै किन दुई शब्द खेर फाल्नु महङ्गो छ हजुर शब्द पनि आजभोलि ! प्रदेश पाँचको बलियो कुर्सीको जय होस् ।

प्रतिक्रिया