ब्यवसायिक कृषी तथा पशुपालनमा जानकी

रामु ओली : जानकी गाउँपालिका बेलभारका बिनोद कुमार अधिकारीको दैनिकि केही बर्ष अगाडीको भन्दा फरक बन्दै आएको छ । बेरोजगारी हुँदा दिन काट्न समस्या मात्रै होइन आर्थिक चपेटामा पर्ने गरेका अधिकारीको दैनिकी कृषी तथा पशु उधम केन्द्रले फेरिको हो ।

कृषी तथा पशु उधम केन्द्रको स्थापना पछि उनको दैनिकी मात्रै होईन उनको आर्थिक पाटो पनि सबल बनेको छ । ब्यवसायिक रुपमा कृषी तथा पशु पालन गर्न अभ्यस्त अधिकारीको अधिकाश समय ब्यवसायिक कृषिमै बित्ने गरेको अधिकारी बताउछन् ।

नेपालको इतिहास मात्रै होइन मानव सभ्यताको इतिहासलाई खोज्ने हो भने मानिसको पहिलो साथी र भोजन भनेकै पशु हो । त्यसपछी मात्रै कृषी क्रम मानव इतिहास संग जोडिएको तथ्यहरु छन् । जिविकामुखी कृषि तथा पशु पालनबाट आर्थिक लाभ लिन नसकिने टड्कारो यथार्थलाई बुझेका अधिकारीले ब्यवसायिक रुपमा आफुलाई ढाल्दै गए पछि उनको परिचय समेत फेरिएको छ ।

उसो त बाकेको जानकी गाउँपालिकामा अधिकारी जस्तै धेरैले कृषी कर्मलाई ब्यवसायिकीकरण गर्दै आर्फो आर्थिक पाटोलाई सुधार गर्दै जिवनस्तरलाई माथी उठाउन प्रयत्नशील रहेका छन् ।

अधिकारी जस्तै जानकी गाउँपालिका वडा नम्बर तिन ठटियनपुरका रिता खड्काले तुलसी गौशाला फार्म खोलेर पशुपालन तथा ब्यवसायिक दुग्ध उत्पादनलाई आफ्नो दैनिकी बनाएकि छिन् ।
खड्कासंग १४ गाई र ८ वटा बाच्छा-बाछी छन् । खड्काको फर्मले दैनिक ४० लिटर दूध उत्पादन गर्दै बजारमा पठाउने गरेको छ ।

ब्यवसायिक कृषि तथा पशुपालन गर्दै आएकी खड्काको आर्थिक तथा सामाजिक जिबनस्तर यहि ब्यवसायिक कृषि कर्मले नै माथी उठाएको बताउछिन् । अब पहिले र अहिलेको तुलना गर्ने हो भने त आर्थिक मात्रै होइन मेरो नाम र प्रटिष्ठा समेत यो कर्मले दिएको छ । विभिन्न तालिम समारोह जस्ता कुरामा समेत सहभाहुने अवसर प्रदान गरेको छ भने आर्थिक कारोबारलाई गर्न सक्ने महिलाको रुपमा परिचय प्रदान गरेको छ ।

ब्यवसायिक कृषी तथा पशुपालनमा जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँका देवाराम कुर्मी र बेलभारकि
रुपा कुमारी सिंह ठाकुर पनि सक्रिय हुनुहुन्छ । आफ्नो आर्थिक तथा सामाजिक स्तर माथी उठ्न ब्यवसायिक कृषि कर्म नै प्रमुख रहेको बताउने यी प्रतिनिधि कृषक जानकी गाउँपालिकामा मात्रै होईन जिल्लामै प्रेरणाका स्रोत हुन् ।

नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रको विकाश प्रयासमा रास्ट्रले प्राथमिकताका साथ साधनस्राेतहरु परिचालन गर्दै आएको छ। सरकारको मुख्य सोच कृषिमा नयाँ नयाँ प्राविधि भित्र्याउदै जाने र प्रयोग गरेर कम क्षेत्रफलमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्नेतर्फ छ। साथै कृषिमा यान्त्रीकरणको मध्यमबाट उत्पादकत्व १०-२० प्रतिशत सम्म बढ्छ। सर्बेक्षण अनूसार देशका २२.४% घरपरिवारले ट्र्याक्टर प्रयोग गरेका, २८.९% धारकहरुले फर्म टेक्नोलोजी अर्थात फलामको हलो प्रयोग गरीरहेकका र २०.९% ले फार्ममा थ्रेसर प्रयोग गरेको भेटिएको छ।

साथै कृषि क्षेत्रको बिकासको लागि स्थानीय सरकारको अहम् भुमिका रहने कुरालाई मध्यनजर गर्दै जानकी गाउँपालिकाले त्यसतर्फ आफुलाई केन्द्रित गर्दै आएको बताउछन् जानकी गाउँपालिकाका प्रमुख राम निवास यादव ।
जानकी गाउँपालिकाको प्रमुख स्रोत नै कृषी हो र त्यसपछी उद्योग । धेरै किसिमका उद्योग पनि कृषि बिना सम्भव छैन। त्यसैले जानकी गाउँपालिकाले कृषी क्षेत्रको बिकासको लागि सुरुवात देखि नै कार्य गर्दै आएको छ । हामी निर्वाचित भएर आए संगै हाम्रो प्रमुख प्राथमिकतामा पुर्वाधार संगै कृषी परेको थियो । कृषकलाई कसरी ब्यवसायिक बनाउने , कसरी कृषकको आर्थिक स्तर उकास्न मद्धत पुराउने र अझ विशेष त जानकीका किसानलाई कसरी ब्यवसायिक कृषि तथा पशुपालन तर्फ आकर्षित बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित रह्यो ।

प्रमुख यादवका अनुसार जबसम्म कृषक सम्पन्न र सबल हुदैनन् पालिका मात्रै होइन देश सम्पन्न्र सबल नहुने हुँदा जानकी गाउँपालिकाको प्राथमिकतामा ब्यवसायिक कृषी परेको बताउछन् ।
हामिले किसानको जीवन स्तर उकास्न सकेनौ भने ९० प्रतिशत भन्दा धेरै गाउँपालिकाका जनता गरिबिको रेखामुनी रहन पक्का छ तसर्थ हामिले गाउँपालिकाको धेरै जसो ब्यक्तिहरु कृषि कर्ममा लागेको हुँदा हामिले कृषी क्षेत्रमा सक्दो लगानी गर्नै पर्ने हुन्छ । यादव बताउछन ।

जानकी गाउँपालिकाले किसानलाई उन्नत जातको बीउ बिजन, आवश्यकता अनुसारको मल, आधुनिक कृषी यन्त्र, पशु स्वास्थ्यको क्षेत्रमा डोर टो डोर पशु स्वास्थ्य कार्यक्रम जस्ता कयै योजना मार्फत किसानको साधारण समस्याहरुलाई पनि हल गर्दै आएको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारकि रुपा कुमारी सिंह ठकुरी बताउनु हुन्छ ।

भौगोलिक रुपमा समथल भुभागका गाउँ र नेपालगन्ज शहर नजिकै रहेको बाँकेको जानकी गाउँपालिका जिल्लाकै सम्भावना बोकेको सक्षम गाउँपालिकाको रुपमा आफ्नो परिचय बनाउन सफल छ ।

कृषि र उद्योगको प्रसस्त सम्भावना बोकेको गाउँपालिका रुपमा परिचित यस गाउँपालिकाको जिल्लाका अन्य स्थानिय तह भन्दा धेरै आन्तरिक श्रोतहरु छन् ।

देशको राजनिती अवस्था परिवर्तन संगै देशमा स्थानिय तह निर्माण भए पछि जानकी गाउँपालिकामा जम्मा वडा ६ वटा बनेका छन र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ । जानकी गाउँपालिकाका ६ वटा मध्य वडा नम्बर ६ उद्योग नै उद्योगले भएका छन् भने बाकी वडाहरु कृषीमा निर्भर रहेको वडा हुन् ।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र छिमेकी राष्ट्र भारत संग सिमा जोडिएको जानकी गाउँपालिकालाई उत्पादित कृषी उपज बजारको लागि समेत प्रस्ताव सम्भावना रहेको छ जसको कारण पालिकामा उत्पादित कृषी उपजको बजारको लागि किसानलाई चिन्ता लिनु पर्ने अवस्था रहदैन । जसको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा किसानको जिबनस्तर र ब्यवसायिक कृषि कर्मको वृद्धिको लागि फाइदाजनक हुने छ ।

प्रतिक्रिया