सतिश निरौला

उहाँले २०४५ सालबाट बैकिङ्ग यात्रा शुरु गर्नुभयो र अबिछिन्न रूपमा ३० बर्ष नेपाल राष्ट्र बैँकमा सेवा गरि नेपाल राष्ट्र बैँकको उपनिर्देशक को पदबाट सेवा अवकाश २०७५ सालमा लिनुभयो, यतिले मात्र उहाँको परिचय पुरा हुँदैन उहाँ सुटिङ्ग खेलमा देशको प्रतिनिधित्व गर्दै थुप्रै खेलमा सहभागिता जनाइ न्युदेल्ली मा भएको दोश्रो साफ च्याम्पियनसिप १९९७ मा मुलुक लाई तेस्रो पदक समेत दिलाउनु भयो , उहाँ हुनुहुन्छ नेपालगन्ज उपमहानगरपालिका वडा न १ निवासी रमेश मल्ल।
दैलेखमा जन्मेहुर्केका मल्लले पहिलोपटक २०३० सालमा सुर्खेतमा टाढा बाटै साइकल हिडेको देख्दा आफू अचम्म परेको सुनाउदै २ वटा नाङ्लो मा केही दौडिए जस्तो लागेको सुनाउनु भयो, त्यसपछि अध्यन का लागी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज पढ्न २०४० सालमा आएपछि आफुले साइकल चलाएको पहिलो अनुभव सुनाउनु हुन्छ। त्यतिबेला साधरण साइकल कुदाउदा को अनौठो सम्झना उहाँ सङ्ग अहिले पनि ताजै छन् , साथीहरू को समुहमा धम्बोजिबाट मब क्याम्पस सम्म हातछोडेर उहाँ हरु साइकल कुदाउनुहुन्थ्यो।
जागीरको क्रममा २०४७ सालमा राजापुर सरुवा भएपछि नेपालगन्ज – बर्दिया ( राजापुर ) साइकल मा नै आवतजावत गर्नुहुन्थ्यो । हाल ५५ बर्ष को उमेर पार गर्नुभएका रमेश मल्ल साइक्लिङ्ग्मा व्यग्र रुचि छ।२०७५ सालबाट नियमित माउन्टेन बाइकिङ्ग मा लाग्नुभएका मल्लले काठमाडौ देखी जनकपुर सम्म को २५० किलोमीटर लामो राइडथ्रु सिन्धुलिगढी साइकल यात्रा -२०७६ पुरा गरेको अनुभव छ। यस्तै नेपालगन्ज कोरा-२०१९, टुर दि फारवेस्ट, टुर दि दाङ भ्याली , टुर दि ठाकुरद्वारा जस्ता ठुलो साइक्लिङ्ग का इभेन्टमा सहभागिता जनाइसक्नुभएको छ भने दिनहुुँ बिहान् ५:३० देखि ८ बजेसम्म साइकल यात्रामा सहभागिता जनाउने गर्नुहुन्छ।
प्रेसर , डायबिटिज को समस्या देखिएपनी नियमित को साइकल यात्रा का कारण ती दुबै समस्या नियन्त्रणमा भएको उहाँको अनुभव छ।
रिटायर्ड लाइफ मा धेरैलाई के गरुँ कसो गरुँ भन्ने हुन्थ्यो होला तर साइक्लिङ्ग ले रिटायर्ड लाइफ लाई सहज बनाएको छ उहाँ थप्नु हुन्छ धेरैले प्रेसर , मुटुसम्बन्धी समस्या हुँदा साइकल नचलाउ भन्ने गरेपनी साइकल ले आफुलाइ सन्तुष्टि र स्वास्थ्य लाभ दिएको उहाँको बुझाइ छ।
जागीरे जिवनमा एकखाले साथीहरू को सर्कल थियो तर सेवानिबृत्ती सङ्गै त्यो सर्कल पातलो हुँदै गर्दा साइक्लिङ्ग्ले नयाँ साथिभाइको सर्कल बनाएको र मेची देखी महाकाली सम्म नै बनेको यो सर्कल साइक्लिङ्ग्मा नलागेको कहाँ हुन्थ्यो ? म त धम्बोजी कै खाल्डोवरिपरी हराउँथे । अहिले हामिहरुले नियमित साइक्लिङ्ग्ले नेपालगन्ज मा साइक्लिङ्ग को माहोल बनेको र त्यसको एउटा टिम मेम्बर भएको मा उहाँ खुशी हुनुहुन्छ ।
अहिले नेपालगन्ज साइक्लिङ्ग क्लब को उपाध्यक्ष समेत रहनु भएका रमेश मल्ल साइक्लिङ्ग ले स्वस्थ्य सङ्गै पर्यटन , वातावरण को संरक्षण मा समेत सघाउ पुर्याउन मधत गर्ने बताउनुहुन्छ।
५५ बर्षको रिटायर्ड लाइफ मा पनि निकै फ़ुर्तिलो र जागरिलो देखिने रमेश मल्ल साइक्लिङ्ग का लागि धेरैलाई प्रेरित गर्नुभएको र उहाँको नियमित साइकल यात्रा सङ्गै साइकल मा पुगेका धेरै ठाउँ का लोभ लाग्दा र मनमोहक दृश्य कैद गरि सबैलाई नपुगेका ठाउँ देखाउन समेत प्रयास गर्नुहुन्छ , नेपालगन्ज मा अब्बल फोटोग्राफी र भिडियो ग्राफिको समेत अनुभवी रमेश मल्ल साइक्लिङ्ग सङ्गै उहाँको क्यामरा मा हरेक क्षण कैद गर्न छुटाउनुहुदैन।
( दैनिक नेपालगन्ज बाट )










