अन्तर्राष्ट्रिय महिला दिवस किन र कसरी सुरु भयो ?

अम्बिका काफ्ले :

अन्तर्राष्ट्रिय महिला दिवस किन र कसरी सुरु भयो ?

समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ ।

लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा, विकासको मनो बैज्ञानिक पक्ष , कानुनी पक्ष, आर्थिक पक्ष, भौगोलिक पक्ष, राजनैतिक पक्षमा समान पहुच पुर्याउनु हो ।

महिला र पुरुष बिचमा शिक्षा, स्वस्थ्य, पोषण श्रम तथा रोजगारी, कानुन र न्याय प्रशासन वातावरण र दिगो विकास खाद्य सुरक्षा र सुविधा मानव अधिकार समावेशी विकास सामाजिक सेवा र सुरक्षा संस्थागत क्षमता विकास , सहशताब्दी विकास मनाउने गरिदै आएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रवृति कहाँबाट ?

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलन केन्यामा भएको थियो र प्रथम सम्मेलनमा सम्पतिमा महिलाको अधिकार को लागि महिलाहरु अन्तर्राष्ट्रिय रुपमा संघर्षमा होमिएका थिए ।

दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन नेरोवीमा भएको थियो । दोस्रो सम्मेलन महिलाको मतदानको अधिकार संग सम्बन्धित थियो ।
तेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा महिला समानताका लागि थियो ।
चौथो अन्तर्राष्ट्रिय महिला सम्मेलन सन् १९९५ चिनको बेजिङ्ग शहरमा भएको थियो । र चौथो सम्मेलनमा लैङ्गिक सरोकारका क्षेत्र पहिचान गरिएको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवस कुन-कुन राष्ट्रले मनाउन्छ ?

इटाली, नेपाल, भारत, चीन, बेरलिन, यु.के, स्पेन, रुसिया, केनिया, मेरोबी मंगोलिया, कम्बोडिया,आदि राष्ट्रमा अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा भव्य रुपमा मनाउँदै आइरहेका छन ।

अन्तर्राष्ट्रियमा महिलाको अधिकारको ब्यवस्था ।

१) महिलाको राजनैतिक अधिकार सम्बन्धि महासन्धि १९५२
२) जिउ मास्ने, बेच्ने तथा बैश्यावृतिको शोषणको लागि ब्यवस्था गरिएको महासन्धि १९४९
३) आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र १९६६
४) नागरिक तथा राजनैतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतीज्ञा पत्र १९७७
५) महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि १९७९

महिला अधिकार सम्बन्धि नेपालको ब्यवस्था ।

१) नेपालको संविधान २०७२
२) मुलुकी देवानी सहिंता २०७४
३) मुलुकी फौजदारी सहिंता २०७४
४) मुलुकी देवानी कार्यविधि २०७४
५) मुलुकी फौजदारी कार्यविधि २०७४
६) मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण कार्यान्वयन ऐन २०७४
७) भुमी सम्बन्धि ऐन २०७६
८) मानव बेचबिखन तथा वसारपसार एन २०६३
९) निजामती सेवा ऐन् २०४९ मा महिला अधिकारको ब्यवस्था पाइन्छ ।

अन्तर्रा्ष्ट्रिय महिला दिवस बिश्वभरी मनाउने प्रचलन विद्यमान रहि महिला र पुरुष बीचको लैङ्गिक विभेदको अन्त्य हुदै समाजमा हुने महिला हिंसा न्यूनीकरण र नेपालमा विभिन्न किसिमका महिला हिंसा बलात्कार, कुटपिट, योन जन्ने हिंसा , सरिरिक यातना , मानशिक पिडा, र कुप्रथा (देउकी, दाईजो, बोक्सी, झुमा, छाउपडी)आदि लाई न्यूनीकरणको लागि कानुन बमोजिम ब्यवहारमा उतार्न र समाजमा रहेका विकृतीहरु न्यूनीकरण गरेर जाउन र पुरुष प्रधान समाजको अन्त्य होस र राज्यले राजनैतिक क्षेत्रमा महिलालाई समाबेश मात्र नगरेर जनसंख्याको आधारमा पुर्ण समाबेश गरोस् भन्दै ११० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरी नै छरिएर रहनु भएका महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दछु ।
“नारी पुरुष सरोबरी ,सधै भरी बराबरी“

प्रतिक्रिया