हलिउडका फिल्ममा हेरिएका दृश्य र भयावह भन्दा कम छैन कोभिड १९

रामु ओली

हलिउडका फिल्ममा हेरिएका दृश्य र भयावह भन्दा कम छैन कोभिड १९

हलिउडका फिल्ममा हेरिएका दृश्य र भयावह , उस्तै प्रकृतिको मानव बिनास र आर्थिक संकट । बिश्वका शक्तिशाली भनिने देश समेत निरीह रहेको अवस्था अजको बिश्व समुदायले देखिरहेको र भोगी रहेको छ ।

चिनको एउटा प्रान्तबाट फैलिएको महामारी, नपत्याउदो किसिमले बिश्वको हरेक देशलाई आफ्नो चपेटामा लपेट्दै भयावहको स्थितिमा छोडेको छ । अझ भनौ छोडेको छैन , यसले कुन अवस्थामा पुर्‍याएर छोड्ने हो कसैले आकलन गर्न सक्ने कुरो पनि होईन ।

उतिबेला हलिउड चलचित्रमा ती दृश्य हेर्दा नै मन कहालीलाग्दो हुन्थ्यो । क्षण भरलाई नै सहि आँखा चिम्लिनु पर्ने बाध्यता सृजना गर्थ्यो , ताकी त्यो भयावहको दृश्य , ती चीत्कार , ती दृश्यमा रहेका मानव रुपि पात्रहरुको बिनास हेर्न नपरोस् एउटै चाहना हुन्थ्यो ।

तर आज आफ्नै आँखा अगाडि , आफ्नै समाजमा , आफ्नै देशमा , अनि आफू उभिएको यो पृथ्वीमा उस्तै लाग्ने भयावह भोग्नु ,देख्नु अनि त्यसको सिकारमा पर्नु परेको अवस्था हाम्रो निम्ति कति कष्टकर बन्दै छ नत ती शब्दमा , नत भावनामा नै अभिव्यक्त गर्न सकिन्छ ।

कोरोना भाइरस (कोभिड १९) को यो त्रासदीपुर्ण संक्रमणले मानवीय क्षती त पुर्‍याएको नै छ त्यो भन्दा बढ्ता त्यसबाट परेको आर्थिक र भोकमरी जस्ता सृजित समस्याले समुदाय र परिवार थला पर्दै गएको छ ।

जन्म पछि मृत्यु निश्चित छ , तर त्रास , मानवीय चीत्कार र कोरोनाको भयावह कुनै मृत्यु भन्दा कम छैन । आफ्नै परिवारले परिवारकै सदस्यलाई शंकाको ध्ययले हेर्नुपर्ने बाध्यता , हलिउडको चलचित्रमा जस्तै आफ्नै अगाडी बिश्व गर्ल्याम गुर्लुम्ब भएर विनास हुँदा चिच्याहट बाहेक गर्न केही नसकिने अवस्था सृजना भएको यो अवस्थामा पनि हामी भने यी चीत्कार र भयावहलाई मजाक मै लिएका त छैनौं ? प्रश्न अरु कसैका लागि होइनन् , यो प्रशन नितान्त मेरो निम्ति हो , मेरो साथिको निम्ति हो र मेरा साथिका तमाम साथिको निम्ति हुन् ।

दुई घण्टा केही मिनेटको चलचित्रका दृश्यमा हामी त्यसरी रियाक्ट र त्यो भयावहको महसुस गर्छौ , कहिले आँखा त आफैलाई खुम्च्याउन बाध्य पार्छौ किनकी हामी मानव हौं । हामिलाई मृत्यु र आफ्नै आँखा अगाडीका त्यस्ता भयावह परिस्थितिको दृश्य सहन सक्ने क्षमता छैन ।

चलचित्रमा हुने भयावह र त्रासपुर्ण परिस्थिति पछि कुनै एक हिरोको जन्म हुन्छ , हामिलाई थाहा छ उसैले ती सबै असामान्य समस्यालाई सामान्य तुल्याउन सक्छ । र पनि हामी जब सम्म असामान्य बाट सामान्य स्थिति आउदैन हाम्रो मुटुको धड्कन तेज रफ्तारमै हुन्छ ।

तर अहिले कोभिड १९ भाइरस हामिले कुनै चलचित्रमा हेरेको दृश्य होईन , कुनै लेखकले लेखेको उपन्यास होईन , यो हाम्रै पृथ्वीमा , हाम्रै देशमा , हाम्रै शहर र समाजमा भयावह रुपमा फैलिएको भाइरस हो । र यसलाई रोक्ने हिरो तिमी र म नै हौं ।

तिमी र मैले नै यो भाइरसलाई रोक्न सक्छौ , हराउन सक्छौ । त्यसकोलागी हामिले कुनै पहाड फोड्नु पर्ने छैन , नत क्रीश र सुपरम्यान नै बन्नुपर्छ । बस तिमी र म घर भित्रै बस्नु छ । चलचित्र हेरेर , पुस्तक पढेर , गेम खेलेर , ईन्टरनेटको प्रयोग गरेर , मीठो मसिनो परिकार बनाएर- खाएर , परिवारलाई समय दिएर ।

यतापनी ध्यान दिने कि ?

कोरोना भाइरस (कोभिड १९) को यो त्रासदीपुर्ण संक्रमणले मानवीय क्षती त पुर्‍याएको नै छ त्यो भन्दा बढ्ता त्यसबाट परेको आर्थिक र भोकमरी जस्ता सृजित समस्याले समुदाय र परिवार थला पर्दै गएको छ ।

अति विपन्न र दिनभरी काम गरेर हातमुख जोड्ने परिवारको चुल्होमा खाद्यान्न संकट देखिन सुरु भैसकेको छ । हुनत त्यसको लागी सरकारले राहतको व्यवस्थापन गर्दै छ तर राहतको कुरो संगै राहत वितरणमा देखिने नाताबाद कृपाबाद संगै चरम लापरबाही र रातह वितरणको समयमा लखपति अतिबिपन्न परिवार देखापर्ने समस्याले एउटा हद सम्म समस्या खडा गर्ने गर्दछ । जसको ज्वलन्त उदाहरणको रुपमा केही पालिका र वडामा भएका तालाबन्दी र बिरोधका स्वरहरु हुन् ।



प्रतिक्रिया