
यतिबेला बिश्वजगत नै कोरोना भाइरस संक्रमण संग जुधी रहेको छ । नेपाल मात्रै होईन बिश्वका बिकसित मुलुक पनि कोरोना भाइरस (कोभिड १९) संग लाचार बनिरहेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहने कुरा छैन ।
कोरोना भाइरसको भ्याक्सिन नबन्दा सम्म कोरोनाको उपचार भन्नू नै सामाजिक दुरि कायम गर्नु हो । बिश्वका अधिकाश देशले पुर्ण लकडाउन गरेर सामाजिक दुरि कायम गरिरहेका छन् । नेपाल पनि बिगत २८ दिन देखि लकडाउनको अवस्थामा छ तर सुरुकादिनमा किनमेल गर्ने बहानामा देखिने भिड अहिले कम जस्तै बने पनि राहतको नाममा सामाजिक दुरिको धज्जी उडिरहेको छ ।
स्थानिय तहले वितरण गर्ने राहतकै क्रममा कतिपय स्थानमा झडपको स्थिती देखा परेको छ । कतिपय स्थानमा आन्दोलन र नाराबाजी सम्मकै स्थिति पनि अगाडि आयो । अव्यवस्थित राहत वितरणको योजना त कतिपय स्थानमा राहत वितरणमा अनियमितता नै सामाजिक दुरि कायम नहुनुको प्रमुख कारण हो ।
नेपालगन्जकै परिप्रेक्षमा कुरा गर्ने हो भने उपमहानगरपालिकाको कार्यालय, वडा नम्बर १० को कार्यालय अगाडी र वडा नम्बर ४ कार्यालय र वडा नम्बर ११ को कार्यालय अगाडी नै रहेको नारायण माबिको दृश्यले लज्जित तुल्याउछ ।
जनता भोको छन् , उनिहरुको भोको पेटमा बलेको आगोले रासन भन्दा अर्को कुनै दृश्य देखेको छैन यहि समयमा उनिहरुले नै स्वयं आफुले सामाजिक दुरि कायम नहुदा उनिहरु संगै नेपालगन्ज नै उच्च जोखिममा परेको छ भने उता तर्फ उपमहानगरपालिका , नगरपालिका , गाउँपालिका र राहत वितरणको जिम्मा प्राप्त वडाले त्यस तर्फ ध्यान नदिदा , उनिहरुको दुख पिडालाई बेवास्ता गर्दा सामाजिक दुरिको धज्जी उडि रहेको छ ।
हिजो (आइतबार ) मात्रै नेपालगन्ज वडा नम्बर चार र वडा नम्बर १० को कार्यालय अगाडी जम्मा वडाबासिहरुको ठुलो भिडले सामाजिक दुरिको धज्जी मात्रै उडाएको थिएन , बाँके प्रशासन र नेपाल सरकारले आव्हान गरेको लकडाउनको समेत खिल्ली उडाइरहेको थियो ।
कोरोना भाइरस संक्रमण बाट बच्न एकमात्र उपायको रुपमा रहेको समाजिक दुरि राहतको नाममा वडा कार्यालय अगाडी नै तोडिन्छन भने त्यसलाई वडा कार्यालयको त्रुटि हुँदै होइन भन्न सकिन्न । आफ्नो वडामा रहेका अति बिपन्न , दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका समुदाय र परिवारको बाच्न पाउने अधिकारको सुनिश्चितता गर्नु , उनिहरुलाई खानाको जोहो गर्नु स्थानिय हतकै प्रमुख दायित्व हो ।
राहत वितरण , राहत वितरणको नामावली संकलन वा जे सुकै प्रायोजनमा भिड गरेर सामाजिक दुरिको कायम नगरिकन गरिएका जुन सुकै राहत वितरण निन्दनीय छ र जो सुकैले त्यो कार्य गर्दछ भने त्यो कुनै माइनेमा पनि राम्रो होइन , चाहिँ राहत लिने हुन वा राहत प्रदान गर्ने नै किन नहोस् सामाजिक दुरि कायम गर्नु अहिलेको टड्कारो आवश्यकता हो।
वडा तथा स्थानिय तहले यतिबेला दोस अरुको टाउकोमा थोपर्ने काम छोडेर सहि योजना मार्फत राहत वितरणको कार्यमा कुनैपनि हालतमा सामाजिक दुरि कायम गराउनै पर्छ । र मात्रै हामी कोरोना संग लड्न सक्छौ , र मात्रै हामिले कोरोना संगको लडाइमा जित्न सक्छौ ।










