कोरोना कहर : अधुरै बालबालिकाको रहर

सुनिता पन्त

कोरोना कहर ः अधुरै बालबालिकाको रहर

रहर कस्कोे हुदैन र, बालक देखि वृद्ध सम्मकाको आ–आफनै रहरहरु हुने गर्छन् । भनिन्छ नि, रहर पनि उमेर अनुसारको हुने गर्छ । समय परिर्वतन संगै इच्छा, चाहना अनि रहर पनि परिर्वतन हुने गर्छ ।

कोपिला सरिका बालबालिकाको पनि रमाइला रहरहरु हुन्छन । चैत महिना सुरु भएसंगै बालबालिकाहरुले पनि आ–आफनो योजना वुन्न सुरु गरिसकेका हुन्छन् ।

वार्षिक परिक्षा चलिरहदै धेरै बालवालिकाले परिक्षा सकिए लगतै के गर्ने कहाँ जाने कसरी विदा मनाउने भनेर सोचेका हुन्छन् । मामाघर जाने, फुपुकोमा जाने, काठमाडौं, पोखरा या नयाँ नयाँ ठाउँ घुम्ने फिल्म हेर्न जाने लगाएत थुप्रै रहरहरु बालबालिकाको हुन्छ । तर यस पटक सबैको रहर र योजना कोरोनाको कहरले पुरा हुन सकेन । बालवालिको रहर माथि पनि वज्रपात ग¥यो ।

विदाको समयमा घर बाहिर घुम्न जाने बालबालिकाहरुलाई आफन्त चिन्ने र परिवारसगं घुलमिल हुने र सामाजीक हुने अवसर पनि हो तर, यस पटक घरमै थन्किन पर्दा बालबालिका चिन्तित वनेका छन । समय बिताउनका लागि उनिहरुले मोवाइलको प्रयोग एकदमै धेरै गरे ।

धेरै समय सम्म मोवाइल हेर्दा बालबालिकालाई चौतर्फी असर पुगिरहेको छ । सारा विश्वलाइ त्रसिद वनाएको कोरोनाको नाम नसुन्ने र नडराउने बालबालिका पनि सायदै होलान । डाक्टर, इन्जिनियर, पाइलट, नर्स, प्रहरी, पत्रकार, समाजसेवी वन्ने सपना देखेका बालबालिकाहरुको दिमागमा कोरोनाले सन्त्रास छाएको छ ।

आफनो लक्ष्य र पढ्ने रहर रोकिन्छ कि भनेर बालबालिका पनि डराएका देखिन्छन । कति बालबालिकाको परिक्षा हुदाँ हुदै स्थगित भयो भने कत्तिको त हुनै पाएन मुखैमा आएको एससिसि लगाएतका धेरै वार्षिक परिक्षाहरु स्थगित भए । जसले बालबालिकालाई सोझै असर पुगेको छ । दिन रात एक गरेर परिक्षाको तयारी गरेका बालबालिकाहरुको पढ्ने जागर मरेर गएझै भएको छ ।

उनिहरु मोवाइल टिभिमा समय विताउन थाले । कति बालबालिका त मानसिक तनावको सिकार पनि भएका छन् । भविश्यका लागि आफुले देखेका सपना साकार पार्नका लागि बालबालिकालाइ कम्मर कसेर पढ्नु पर्ने हुन्छ ।

अध्ययनका लागि कम्मर कसेका बालबालिकालाई भने कोरोनाले सन्त्रास फैलाएको छ । धेरै बालबालिकाहरुको पढ्ने र भविश्य उज्यालो वनाउने रहरमा तगारो वनेर आएको छ कोरोना । कोराना फैलीएको महिनौ भन्दा वढी भइ सक्दा पनि यसलाइ निर्मुल पार्नका लागि औषधि पत्ता नलाग्दा सबै त्रसित छन् ।

कोरोनाले मरिन्छ, कतै जान पाइनन जस्ता सवालहरुले बालबालिका पनि आतंकित देखिन्छन । सा–साना बालबालिका त झनै मनोसामाजिक तनावमा झेलिएका छन् । प्रहरी प्रतिको धारणा पनि नकारात्मक भएको छ प्रहरीले सुरक्षा गर्छन, प्रहरी वलमान हुन्छन भनेर चिनेका बालबालिकाहरुले यती वेला भने प्रहरीले पिट्छन भनेर त्रसित देखिन्छन् घरवाट निस्किय प्रहरीले पिट्छन भनेर सिकाउने हामी अभिभावक नै हो ।

प्रहरीले हाम्रै लागि रोकेका हुन्, कोराना लाग्छ भनेर हिड्न नदिएका हुन, उनिहरुले भनेको मान्नु पर्छ भनेर बालबालिकालाई सिकाउन आवश्यक छ । कोरोना वाट वच्न के गर्न पर्छ भन्न्ो सकारात्मक कुरा तर्फ बालबालिकाको ध्यान लैजानु पर्ने हुन्छ । जस्ले गर्दा उनिहरुका अधुरा रहेका रहरहरु पुनः जोडिने छन् ।

पढ्ने रहर विट मारिन्छ की भनेर डराएका बालबालिकाहरु पुन पढ्नतिर ध्यान दिने छन । माहामारीका रुपमा फैलिएको कोरोनाले बालबालिकाहरुलाई समेत केहि पाठ भने पक्कै सिकाएको छ । स–साना बालबालिकाहरु मध्य धेरैले मज्जैले भनिदिन सक्छन कोरोनावाट वच्छ सावुन पानीले हात धुने, घरवाट निस्कनै परे माक्स लाउने, हातमा सेनिटाइजर लगाउने, हाच्छयु गर्दा कोइना तिर फर्केर गर्ने र भिडमा नजाने ।

त्यसैले यो बेलामा बालबालिकाहरुलाई अभिभावकले धेरै समय दिने भएकाले राम्रा कुराहरु सिकाउन जरुरी छ । बालबालिका जिग्यासु हुने हुँदा सिकाएको कुरा राम्रोसगं ग्रहण गर्नेछन । बालबालिकालाई सिर्जनशिल बनाऔ । सब्य बनाऔं । जय बालबालिका ।

प्रतिक्रिया