बाँकेमा कोरोना भाइरस ( कोभिड १९) लाई जित्नेको सँख्या दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार २६ जना कोरोनालाई जितेर घर फर्कदै छन् । यो संगै हालसम्म ६५४ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।
मंगलबार थप २६ जनालाई डिस्चार्ज गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार विभिन्न आइसोलेसनमा रहेका ७ जना महिला र १९ जना पुरुष घर फर्कदैं छन ।
कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत साउन २७ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका ब्यक्तिहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा १ सय ७८ जना रहेका छन् ।












