दमयन्ती फाउन्डेसन नेपालको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । दमयन्ती फाउन्डेसन नेपालको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष इन्द्राकुमारी जिसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा गैरसरकारी संस्था (गैसस) बाँकेका प्रमुख अतिथि मन भण्डारी सहभागी हुनुहुन्थ्यो ।

साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिपेन्द्र खड्काले प्रस्तुत गर्नुभएको थियो । यस्तै, संस्थाको प्रशासनिक तथा प्रगति प्रतिवेदन फोकल पर्सन सकुन रिजालले प्रस्तुत गर्नुभएको थियो ।

दमयन्ती फाउन्डेसनले महिला लागुऔषध प्रयोगकर्ताहरूको क्षति न्यूनीकरण तथा एचआईभी/एड्स रोकथामका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले लागुऔषध प्रयोगबाट हुने जोखिम, एचआईभी/एड्सको संक्रमण तथा स्वास्थ्यसम्बन्धी विषयमा लक्षित समुदायमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

साधारणसभामा संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया