खगेन्द्र दाहाल :

बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल अहिले आफै विरामि जस्तै भएको छ । अस्पताल असोज १४ गते देखि निर्देशक विहिन छ । नयाँ निर्देशक आउने निश्चित छैन ।
भरतपुर क्यान्सर अस्पताल बाट ३ वर्षका लागी काजमा आएका तत्कालिन निर्देशक डाक्टर विश्वराम पौडेल फिर्ता भएर गएपछि क्यान्सर अस्पताल निर्देशक विहिन हुन पुगेको हो ।
यता अस्पताल सन्चालन विकास समितिले पनि एक वर्ष पुग्नै लाग्दा पनि पुर्णता पाउन सकेको छैन ।
विकास समितिमा दुई जना राजनितिक र २ जना विशेषज्ञ डाक्टरको नियुत्ति गर्नुपर्नेमा उक्त काम पनि हुन सकेको छैन ।
विकास समितिमा हाल भएकाहरुले पनि अहिले सम्म एक पटक मात्र मिटिङ्ग बसेका छन ।
गत चैत्र देखि अस्पताल विकास समितिका अध्यक्षमा नियुक्त भएका विजय पाठक अस्पतालमा नआइदिनाले पनि महत्वपुर्ण निणर्यहरु गर्न नसकिएको समितिका सदस्य शिवराज श्रेष्ठले जानकारी दिए ।
अघिल्ला आर्थिक बर्षहरुमा बजेट नभएर समस्या हुने खजुराको क्यान्सर अस्पतालमा यो आर्थिक वर्षमा बजेट कसरी कहाँ खर्च गर्ने भन्ने दुविधा छ ।
झण्डै चार करोड खर्च गर्नुपर्नेमा यो आर्थिक वर्षमा ओजना अनुसार काम नहुदाँ उक्त करोडौ रकम फ्रिज हुने सम्भावना बढेको छ ।
क्यान्सरको उपचारका लागी अस्पतालमा अत्याधुनिक मेसिनहरु भएपनि विरामिको चाप बढ्न सकेको छैन । आधुनिक मेसिनहरु प्रयोग विहिन अवस्थामा रहेका छन ।
रेडियसन तर्फ सिटिस्क्यान र सेकाई गर्ने मेसिन, २ वटा अत्याधुनिक मोडुलर ओटी (अप्रेसन थ्रेटर), स्थन क्यान्सर पत्ता लगाउने म्यामो ग्राफी मेसिन आइसकेपनि यसको सहज रुपमा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा लि¥याक मेसिन बाहेक आवश्यक पर्ने सबै मेसिन आइसकेको छ । लि¥याक मेसिनको लागी पनि पहल भैरहेको क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रदिप भण्डारीले जानकारी दिए ।
अस्पतालमा दरबन्दिको चरम अभाव भएको छ । अस्थायी दरबन्दिको लागी सरकारसगं पटक पटक पहल गरेपनि सुनुवाई नहुदाँ अहिले साधारण चिकित्सकको समेत अभाव हुदाँ उपचार सेवामा असर गरेको छ ।
हाल अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रदिप भण्डारी, फिजिसियन डाक्टर क्रिष्टिना नामोक श्रेष्ठ, सर्जन डाक्टर प्रविन गुप्ता, २ जना मेडिकल अफिसर र ६ जना स्टाफ नर्शले सेवा दिइरहेका छन ।
अस्पतालमा विद्युत भोल्टेज र फोहोर व्यवस्थापनको समस्या पनि जटिल बन्दै गएको छ ।
दैनिक ३० जनाको हारहारीमा स्वास्थ उपचारका लागी आउने क्यान्सर अस्पतालमा जसमा ३० प्रतिशत विरामि क्यान्सर रोगकै उपचार गर्न आउने गरेको क्यान्सर रोग विशेषज्ञ डाक्टर भण्डारीले जानकारी दिए ।
अस्पताल स्थापना भएदेखि हाल सम्म ५५ सय विरामिलाई उपचार सेवा प्रदान गरेको अस्पतालले हाल सम्म २५० जना क्यान्सरका विरामिले नियमित किमो थेरापि भैरहेको डाक्टर भण्डारीले बताए ।
अस्पतालमा प्रदेश नम्बर पाँच, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका साथै भारतबाट क्यान्सरका विरामि उपचारका लागी आउने गरेका छन ।
हालै १० जना भारतिय विरामिले किमो थेरापि सेवा लिइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालको विकास समितिले सक्रिय भएर भुमिका निर्वाह नगर्नु कतै अस्पताललाई सघिंय सरकारको मातहतमा लगेर सन्चालनमा ल्याइनु त होइन भनेर आङकलन गरिन थालिएको छ ।









