हाते पंखा लिएर युवाहरु सिडिओ कार्यालय पुगे !

नेपालगन्ज : नेपालगन्जमा पछिल्लो समय विद्युत अनियमित तथा लोभोल्टेजको समस्या देखिएपछि नेपालगन्जका राजनैतिक दलका प्रतिनिधि तथा युवाहरुले सोको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्ना दिएका छन् ।

नेपालगन्जका राजनैतिक दलका प्रतिनिधि तथा युवाहरुले सोको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्ना संगै सिडिओ कार्यालय मार्फत सरकारको ध्यानाकर्षण समेत गराएका हुन् ।

नेकपा एमाले बाँकेका उप-सचिव किशोर थापा, नेकपा एमाले नेपालगन्ज नगर अध्यक्ष मोहित शाह, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, अनेरास्ववियू बाँकेका अध्यक्ष प्रकाश बिश्वकर्मा लगायतले नेपालगन्जमा भएको विद्युत अनियमित तथा लोभोल्टेजको समस्याको बारेमा सिडिओ कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपालगन्ज देशकै गर्मी शहरको रुपमा परिचित छ, त्यसैमा पनि अनियमित विद्युत र लोभोल्टेज समस्याले बाँकेबासी आजित भएको र यसको समाधान सरकारले खोज्नु पर्ने नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले बताए ।
साथै हिजो बुधबार नेपालगन्जका नागरिक अगुवाको टोलिले समेत अनियमित विद्युत र लोभोल्टेजको समस्याको बारेमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण शाखामा गुनासो लिएर पुगेका थिए ।

प्रतिक्रिया