नेपालगन्जमा माघ १५ गतेदेखि १८ सम्म निशुल्क स्वास्थ्य शिविर हुने

नेपालगन्ज :

निशुल्क स्वास्थ्य शिविर हुने

नेपालगन्जमा चार दिने निशुल्क स्वास्थ्य शिविर हुनेभएको छ। यशोदा इन्द्रेणी डाइग्नोष्टिक प्रालीको आयोजनामा यहीँ माघ १५ गतेदेखि १८ गतेसम्म हुन लागेको हो।

नेपालगन्जमा मंगलबार मिडियाकर्मीसंग अन्तरक्रिया गर्दै स्वास्थ सम्बन्धि जनचेतना दिने मुख्य उद्देश्यले शिविरको आयोजना गरिएको कन्सल्टेन्ट फिजिसियन तथा भेरी प्रादेशिक अस्पतालका डायलसिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले औपचारिक जानकारी दिएका हुन।

डाक्टर श्रेष्ठका अनुसार शिविरमा मधुमेह, थाईराईड तथा ग्रन्थी रोगका बिरामीहरुको विशेषज्ञ तथा कन्सल्टेन्ट फिजिसियनद्वारा निशुल्क स्वास्थ्य जाँच अनि परामर्श गरिनेछ। शिविरमा डाक्टर पारस श्रेष्ठका अलवा ओम अस्पताल काठमाडौंका मधुमेह, थाइराइड तथा ग्रन्थी रोग विशेषज्ञ डाक्टर बजरंग रौनियारले पनि बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नेछन।

स्वास्थ चेकजाँचका क्रममा ठूलो रोगमा बिरामी भेटिएको खण्डमा सम्वन्धित रोगका डाक्टर अनि अस्पतालमा रिफर गराइने डाक्टर श्रेष्ठले बताए।

शिविर यशोदा फार्मेसी नेपालगन्जको प्राङ्गणमा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने बताइएको छ। दैनिक ५० जना विरामीको स्वास्थ्य जाँच गरिने पनि डाक्टर श्रेष्ठले बताए।

प्रतिक्रिया