काठमाडौं :

नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन ।
आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसँगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् ।
ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० मा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।
ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।
ग्लोबल छनोट ८-८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।









