काठमाडौं :

सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन मुलुकभरका सबै अस्पतललाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको बैठकले कोरोना भाइरसको जोखिम बढेको भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
अस्पतालको तयारी र अवस्था बारे तीन दिन भित्र लिखित प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘कोरोना भाइरसको शंकास्पद लक्षण देखिने बिरामी आयो भने तुरुन्तै उपचार गर्न सकिने व्यवस्था मिलाउन आवश्यक भएकाले तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।’









