नेपालगन्ज :

नेपालगन्जको एच सी आर सी अस्पतालको आयोजनामा बिहिबार देखी शुरु भएको एचसिआरसि ब्याडमिन्टन कप शरिवार सम्पन्न भएको छ ।
टुर्नामेन्ट अन्तर्रगत अण्डर–१७ छात्रातर्फ जिभीएन स्कुलमा अध्यायनरत बिपना थापा प्रथम,सोही स्कुलकी सलिना थापा दोस्रो तथा सेन्टथोमसकी सुस्मिता थापा र दिब्या शाही तेस्रो भएका छन् ।
सोही एभेन्टको छात्रतर्फ सेन्टथोमसका सचिन चौधरी प्रथम, सेन्टथोमस कै शिव सुनार दोस्रो तथा जिभिएनका सद्दाम शेख र सेन्टथोमसका बिकास चौधरी तेस्रो भएका छन् ।
अण्डर–१३ छात्रतर्फ सेन्टथोमसका राजेश बिसी प्रथम, जिभीएनका सुजल तामाङ दोस्रो तथा सेन्टथोमसका बिपिन शाही र जिभिएनका राहुल चौधरी तेस्रो भए भने सोही एभेन्टको छात्रातर्फ सेन्टथोमस्की कृति शाक्य प्रथम, सोही स्कुलकी कृपा शाक्य दोस्रो तथा जिभिएनका रोशनी बिक र नेपाल मोडल एकेडेमीकी प्रतिमा भएका छन् ।
बिद्यालयस्तरीय मिक्स डबल्सतर्फ सेन्ट थोमसका शिव सुनार र सुस्मिता पौडेलको जोडी प्रथम, जिभिएनका सद्दाम शेख र रितु अधिकारीको जोडी दोस्रो तथा जिभिएनका साहिल शेख र बिपना थापाको जोडी एवम सेन्टथोमसका सचिन चौधरी र प्रिती चन्दको जोडी तेस्रो भए । यस वर्षको एच सी आर सी कप बिजेता सेन्टथोमस बिद्यालय बनेको छ ।
त्यसैगरी खुल्ला पुरुष डबल्सतर्फ बुटवलका बिनोद पौडेल र राजु थापाको जोडी प्रथम तथा बांकेका रियाज अन्सारी र भरत चन्द दोस्रो तथा नवराज जोशी र अभयलाल श्रेष्ठ तथा चक्र डम्रपाल र बिलाल वारिसको जोडी तेस्रो भए ।
डबल्समा प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमशस् ४० हजार, २० हजार र १० हजार रुपैया नगद प्रदान गरिएको थियो । अन्य ईभेन्टमा बिजयी हुने खेलाडीलाई खेलसामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।
बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमाल (ओलम्पियन) ,प्रदेश सांसद कृष्णा केसी (नमुना) , नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकार कुमार खड्का, लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।









