बाँकेको नेपालगन्जमा घुम्ती शैक्षिक लेखाजोखा टोली गठन तथा अभिमुखिकरण गरिएको छ । युएसएआइडी को आर्थिक सहयोगमा एच.आइ नेपाल र विश्व शिक्षाको साझेदारीमा डेक नेपाल बाँके द्धारा सन्चालित सबैका लागि पढाइ परियोजनाले आइतवार टोली गठन तथा सरोकारवालाल निकाय सगं अभिमुखिकरण गरेको हो ।
बालबिकास देखि कक्षा ३ सम्मका अपाङ्गता भएका तथा कार्यगत सिमितता भएका बालबालीकाहरुको शिक्षमा पहुच पु¥याइ पठन सिप सुधार गर्ने र उनीहरुको पहिचानका लागि समन्वय गरि उद्देश्यले टोली गठन गरिएको बताइएको छ । कार्यक्रमा नेपालगंज उपमहानगरपालिकाका उप मेएर उमा थापा मगरले अपाङ्गताको क्षेत्रमा डेक नेपालले राम्रो काम गरेको भन्दै नव गठित घुम्ती शैक्षिक लेखाजोखा टोलीलाइ सक्रीय भइ काम गर्न सुझाव दिइन ।
नेपालगन्जमा शिक्षाको पहुचवाट वाहिर रहेका धेरै किशोरीहरुको अवस्था विकराल रहेको छ उनले भनिन सबै मिलेर यस तर्फ पनि काम गर्न जरुरी छ । शिक्षा विकास तथा समन्व ईकाइ बाँकेका प्रमुख रामशुरेस यादवले शिक्षाको पहुचवाट वाहिर रहेको अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षाको पहुचमा ल्याइ उनीहरुको सिकाइमा सुधार ल्याउने कार्य केहि चुनौतीपूर्ण भए पनि सबै मिलेर काम गरे उपलब्धी हासिल हुने जानकारी दिए । उनले घुम्ती शैक्षिक लेखाजोखा टोलीलाइ सक्रीय बनाइ चाडो काम सुरु गर्न पनि सुझाव दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख धिरजंग शाहले अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षाको पहुचमा ल्याउनका लागि सक्रीय भइ काम गर्न नव गठित टोलीलाइ सुझाव दिएका छन् । काम गर्दा स्वास्थ्यका बारेमा केहि सहयोग आवश्यक भए स्वास्थ्य कार्यलयले सहयोग गर्ने जानकारी उनले दिए ।नेपालगन्ज उप महानगरपालिकाको शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एच.आइ नेपालका फिल्ड अप्रेसन म्यानेजर उपेन्द्र राज जोशी र बरिष्ठ कार्यक्रम अधिकृत रामलाल धामीले सबैका लागि पढाइ परियोजनाका बारेमा र घुम्ती शैक्षिक लेखाजोखा टोलीले गर्ने काम कृयाकलापहरुका बारेमा जानकारी दिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाको संयोजकत्वमा गठन भएको टोलीमा स्वास्थ्य शाखा बाट १ जना, महिला बालबालीका तथा जेष्ठ नागरिक शाखा बाट १ जना ,डिपियोज बाट १ जना , स्वास्थ्य कर्मी १ जना , नगर स्तरीय सन्जालबाट १ जना रहेको छ यस्तै टोलीको पहिलो वैठक यहि फागुनको १४ गते वस्ने र वैठकवाट थप सदस्य चयन गरि ९ सदस्यीय टोली पुराइने छ ।












