सामुदायिक विद्यालयहरुको शैक्षिक सुदृढीकरणका लागि शैक्षिक सम्मेलन सम्पन्न

नेपालगन्ज :

सामुदायिक विद्यालयहरुको शैक्षिक  सुदृढीकरणका लागि शैक्षिक  सम्मेलन सम्पन्न

नेपालगन्ज उपमहानगरपालिका नेपालगन्जको अायोजनामा तथा सेभ द चिल्ड्रेन र सामाजिक विकास मञ्च (एस डि एफ) बाँकेको साझेदारीमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुदृढीकरणका लागि शैक्षिक सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियोे ।

शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि सरोकारवालाहरुको भूमिका , स्थानीय निकायसँग समन्वय तथा सहकार्य , शिक्षा सम्बन्धि नीति ऐन नियमको प्रावधानहरुको जानकारीको बारेमा प्रशिक्षण दिइएको थियो ।

शिक्षा विद डा- विद्यनाथ कोइरालाको विशेष अातिथ्य, नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, सेभ द चिल्ड्रेनका एजुकेशनल मेनेजर अात्माराम भट्टराई , सामाजिक विकास मञ्च बाँकेका कार्यक्रम संयोजक राम श्रेष्ठ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रममा ९० जना सहभागी र अादर्श माध्यमिक विद्यालय राझाका प्रधानाध्यापक प्रकाश अाचार्य लगायत ७ वटा विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुतिकरण गरेका थिए ।

उक्त सम्मेलनमा शिक्षा विद डा- कोइराला , जन ज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देल , उप मेयर उमा थापा मगर, शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, सेभ द चिल्ड्रेनका अात्माराम भट्टराई लगायतले प्रशिक्षण दिएको कार्यक्रम सञ्चालन नेपालगन्ज उपमहानगरपालिका शाखा अधिकृत भिम बुढाले गरेका थिए ।

प्रतिक्रिया