सरस्वती माध्यामिक विद्यालय दाङको अभिभावक भेला सम्पन्न

दाङ :  दाङ बबई गाउँपालिका ७ मा रहेको श्री सरस्वती माध्यामिक विद्यालय चरकमटियाको अभिभावक भेला सम्पन्न भएको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच सरस्वती माध्यामिक विद्यालय चरकमटियाको अभिभावक भेला सम्पन्न भएको हो ।

कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जा, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओली, नेकपा एमालेका बबई उपसचिव मोहनलाल थापा, नेकपा माओबादी केन्द्रका उपाध्यक्ष दिपक शाह, राप्रपाका अध्यक्ष बिरबहादुर बिस्ट, नेपाली काङ्ग्रेसका वडा ईकाई सभापति महादेब केसी, माओबादी केन्द्रका वडा ईन्चार्ज पदम शाह, सातपोखरी सामुदायिक बन समुहका अध्यक्ष गोपाल बस्नेत, पुर्ब बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिमराज डाङ्गीले लगायतको उपस्थिति रहेको थियो ।

अभिभावक भेलामा बोल्दै बबई गाउँ पालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले शिक्षाले मात्रै समाज परिबर्तन गर्ने बताउनुभयो । सामुदायिक बिध्यालयमा तिनै तहका सरकारले लगानी गर्ने गरेको भए पनि सबैको चासो अनि गुणस्तरीय शिक्षा प्रदान हुन नसकेकोप्रती चिन्ता थपेको उहाले बताउनुभयो ।

यस्तै कार्यक्रममा बबई – ७ का अध्यक्ष तिलकराम भण्डारीले पछिल्लो समय बिध्यालयले गुणात्मक रुपमा प्रगती गरेको बताउनुभयो । स्थानीय सरकारले सोचेको जस्तो बिध्यालयले प्रगती गर्न नसकेको बताउदै पछिल्ला गतिबिधिले आशा जगाएको बताउनुभयो ।

बिध्यालयका प्रधानाध्यापक सिट्टिसाप बिस्टले बिध्यालयको आर्थिक, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भेलामा खेल प्रशिक्षक, खेलडी, खेल संयोजक, शिक्षकलाई सम्मान र पुरस्कृत गरिएको थियो । सहायक प्रधानाध्यापक नवीन लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजीकरण शिक्षक बिरेन्द्र भण्डारी र हरिप्रसाद भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया