
नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ५ रझेनामा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको तीन कोठे भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ५ रझेनामा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको तीन कोठे भवनको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफानले) शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।
बिल्ड अन नेपाल र खजुरा गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको उक्त विद्यालयमा तीन कोठे विद्यालय भवन र दुई कोठे सौचालय रहने छ खजुरा गाउँपालिका अध्यक्ष बिकले जानकारी दिएका छन् ।
खजुराको शिक्षाको क्षेत्रमा पुर्वाधार बिकास र शैक्षिक गुणस्तरमा ध्यान दिन खजुरा गाउँपालिकाले कुनै कसर बाकी नराख्ने शिलान्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्षले बिकले बताएका छन् ।
२९ लाख ७७ हजार बिल्ड अन नेपालको लागत तथा १० लाख खजुरा गाउँपालिकाको लागत र ७ लाख ७५ हजार बराबरको जनश्रमदान गरि ४७ लाख ४२ हजार अनुमानित कुल लागत रहेको विद्यालयको भवन निर्माण कार्य २०८१ को चौत मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ ।