
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा नं. दुईमा रहेका सामुदायिक बिद्यालयले शैक्षिक सुदृढीकरणका लागि कार्ययोजना निर्माण गरेका छन् । शुक्र मावि,याेगिनी मावि, अमर मावि, पशुपति प्रावि,नेराप्राविले १२ बुँदे कार्ययाेजना निर्माण गरिसकेकाे वडा अध्यक्ष धनराम ओलीले जानकारी दिनुभयाे ।

‘सरकारी साधनस्रोतले लगभग भरिपुर्ण हुने तर सामुदायिक विद्यालयका गुणस्तरीय शिक्षा हुँदै नहुने जुन बिडम्वनापुर्ण अवस्था छ,त्यसकाे अन्त्य गर्न कार्ययाेजना बनाएका छाैं ।’- ओलीले भन्नुभयाे,-‘अब त्यहि कार्ययोजना अनुसार शैक्षिक गुणस्तर बढाउन लाग्ने हाे ।’
वडाले गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षसंग सहकार्य एवं संवादसंगै सीपमा पाेख्त बनाउन प्रशिक्षण दिदै कार्ययोजना निर्माण गरेकाे हाे ।

अभिभावक, शिक्षक, विद्यार्थी सम्वन्ध सुधारको कार्ययोजना बनाउने तथा कमजोर आर्थिक अवस्थाका अभिभावक, वालवालिकाको शैक्षिक सुधारमा ध्यान दिने,
आवधिक सरुवा प्रणालीको विकास वडा भित्रका स्कुलमा, माहिनामा १ दिन एउटा विद्यालयमा जनप्रतिनिधि सहितको शैक्षिक सार्वजनिक सुनुवाइ गर्ने, यातायातको व्यवस्था गर्ने जस्ता कार्ययाेजना छन् ।
गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ले ठूलो साधनस्रोतको लगानी रहेकाे सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार आफूहरुको प्राथमिकतामा रहेकाे बताउनुभयो । उहाँले भन्नुभयाे,-‘त्यसका लागि कुन पक्ष जिम्मेवार हुनुपर्ने हाे ? जिम्मेवार हुन जरुरी छ ।’
सबै पक्षलाई जवाफदेही र जिम्मेवार बनाउन विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी,अभिभावक र व्यवस्थापन समितिका पदाधिकारी सहितकाे संलग्नतामा शैक्षिक गुणस्तर सम्भव हुने तुफानले बताउनुभयो । उहाँले शिक्षाक्षेत्रकाे समस्याका बारेमा आफू जानकार रहेकाे बताउँदै निर्णय गर्ने ठाउँमा हुँदा समस्या समाधानकाे काम गरिरहेकाे उल्लेख गर्नुभयाे ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जीवन उपयोगी शिक्षामा जाेड दिनुपर्ने बताउँदै प्रेरणादयी साेचकाे विकास आवश्यक रहेकाे औंल्याउनुभयाे ।
उहाँले भन्नुभयाे,-‘जुन विद्यालयले यसकाे सिकाे गर्छ त्याे अगाडि बढ्छ । नचिनेका मान्छेसंग पनि संवाद गर्ने हिम्मत चाहिन्छ,त्याे सिकाउँ ।’
मल्लले कुरा होइन अब याेजना अनुसार काम अघि बढ्ने बताउँदै भन्नुभयाे,-‘ सामुदायिक विद्यालयकाे क्रेज बढाउन लागाैं । विद्यार्थी संख्या बढाऔ । बाेर्डिङ स्कुलले गाउँ रित्तोपारेर बिद्यार्थी लैजाने तर सरकारी स्कुल रित्तो किन ? जवकी साधनस्रोत सबै छ ।’
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले सामुदायिक विद्यालयमा सरकारी लगानीको प्रतिफल ल्याउन लाग्नुपर्ने बताउँदै त्यसका लागि कार्ययाेजना अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालय सुधारकाे जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्नेमा जाेड दिनुभयो ।


