राजा खान बिइङ ह्युमनद्वारा मस्जिद निर्माणका लागि १ लाख सहयोग


नेपालगन्ज – नेपालगन्ज महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मर्बल अवस्य परेकोले राजा खान बिइङ ह्युमनद्वारा एक लाख नगद बराबरको सहयोग गरेको छ।

स्थानीय मस्जिद निर्माणको लागि उदार मनका धनी समाजसेवी राजा खानले सामाजिक कार्यको लागी स्थापना गरेको समूह बिइङ ह्समुहले नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।

मस्जिद निर्माण समितिका पदाधिकारीहरूले सामाजिक कार्यमा सधै अग्रसर रहदै आएका राजा खान नेपालगन्जलाई धन्यवाद ज्ञापन गर्दै उनको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। राजा खानले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया