धन्यवाद ज्ञापन सन्देश

शिखर ग्रुप अफ इन्डस्ट्रिजको सफल २७ वर्ष पूरा भई २८औँ वर्षमा प्रवेश गरेको यस शुभ अवसरमा, संस्थाको प्रगति र सफलतामा निरन्तर समर्पण, मेहनत र निष्ठाका साथ योगदान पुर्‍याउनु भएका सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंहरू नै हाम्रो संस्थाको वास्तविक शक्ति र आधार हुनुहुन्छ।

यससँगै, हाम्रो वरपरका गाउँका सम्पूर्ण सहयोगी, स्थानीय बासिन्दा, शुभचिन्तक तथा समर्थकहरूलाई पनि विशेष आभार प्रकट गर्दछौं। तपाईंहरूको विश्वास, सहयोग र सकारात्मक सहभागिताबिना शिखर ग्रुप अफ इन्डस्ट्रिजको यो यात्रा सम्भव हुने थिएन।

तपाईंहरू सबैको सहयोग, साथ र आशीर्वादकै कारण आज हामी यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छौं। भविष्यमा पनि यस्तै विश्वास र सहकार्यका साथ अझ नयाँ उचाइहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

तपाईं सबैलाई हृदयदेखि धन्यवाद।
— शिखर ग्रुप अफ इन्डस्ट्रिज
#advt

प्रतिक्रिया